नेपाली कम्युनिस्ट पार्टीको गढ मानिने कुविण्डेबाट दर्जनौं युवाहरु काँग्रेसमा प्रवेश

युवा नेता बिकास श्रेष्ठको नेतृत्वमा कम्युनिस्ट सिद्धान्त त्यागेर लोकतान्त्रिक आस्थामा समाहित

काठमाडौं
तत्कालीन माओवादीको गढ मानिने पूर्व सभामुख अग्नि सापकोटाको गाउँ कुविन्डेबाटै नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी २८ जना युवा नेपाली काङ्ग्रेसमा प्रवेश भएको छ। आसन्न निर्वाचन आउन मात्र ५ दिन बाँकी हुँदै गर्दा युवा पुस्ता कम्युनिस्ट सिद्धान्तलाई त्यागेर स्थिरता, लोकतन्त्र र समृद्धिको पक्षमा खुलेर उभिएको छ।

चौतारा साँगाचोकगढी नगरपालिका ४ का तत्कालीन माओवादीमा कृयाशिल युबा नेता बिकास श्रेष्ठको नेतृत्व युवाहरु कांग्रेस पार्टीमा समाहित भएका हुन्। नवप्रवेशीहरुलाई सिन्धुपाल्चोक क्षेत्र नं.१ का उम्मेदवार एवं जिल्ला सभापति जङ्ग बहादुर लामा लगायत नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन्।

यता सिन्धुको जनताहरुको अत्याधिक मन जितिरहेका उम्मेदवार लामालाई युवाहरुको स्वत: स्फुर्त पार्टी प्रवेशले झनै हौसला बढाएको छ। काँग्रेसको सुदृढ संगठन, स्पष्ट निति तथा भिजनका कारण चुनाव नजिकिँदै गर्दा मतदाताहरुमा आकर्षक बढ्दो क्रममा छ। युवाहरुको काँग्रेस प्रवेशले नेपाली कम्युनिस्ट पार्टीलाई सिन्धुमा ठूलो धक्का लागेको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार