गोठदेखि सदन सम्मको यात्रामा भुइँ मान्छेहरुको नेतृत्व जंग बहादुर लामा

तीन दशकको निरन्तर राजनीतिक योगदानपछि राष्ट्रिय नेतृत्वको दौडमा जंग बहादुर लामा

  प्रितम कुमार तामाङ

काठमाडौ
जंग बहादुर लामा को जीवनकथा ग्रामीण संघर्ष, पारिवारिक प्रेरणा, सामाजिक उत्तरदायित्व र निरन्तर राजनीतिक समर्पणको संगम हो। वि.सं. २०३४ सालमा सिन्धुपाल्चोक जिल्लाको साविक हगाम गाविस (हाल जुगल गाउँपालिका) अन्तर्गत पर्ने याङ्लाकोटको विशाल तामाङबस्तीमा जन्मिएका उनी बाल्यकालदेखि नै राजनीतिक एवं सामाजिक चेतनाले भरिएको वातावरणमा हुर्किएका व्यक्तित्व हुन्। तत्कालीन समयका हगामका प्रधानपञ्च पिता स्थानीय स्तरमा निर्भीक, इमानदार र प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्थे, जसको प्रभाव बलेफी, चौतारा, सुनकोसी, बाह्रबिसे र भोटेकोसी क्षेत्रसम्म फैलिएको थियो। यही पारिवारिक पृष्ठभूमिले लामामा प्रारम्भदेखि नै नेतृत्व चेतना र सार्वजनिक सेवाप्रतिको झुकाव विकास गरायो।

घरदैलोमा मत माग्ने क्रममा जोष्ठ नागरिक संग आशिर्वाद माग्दै

किशोरावस्थामै सुरु भएको राजनीतिक यात्रा
लामाले मात्र १६ वर्षको उमेरमा नेपाली काँग्रेस को हगाम इकाई सभापति बनेर औपचारिक राजनीतिक यात्रा सुरु गरे। युवावस्थामै निडर, मिलनसार र संगठनात्मक क्षमता भएका नेताका रूपमा पहिचान बनाएका उनले तल्लो तहबाटै नेतृत्वको अभ्यास गर्दै आफ्नो प्रभाव विस्तार गरे। २०५२ सालमा इकाई सभापति भएपछि उनले जिल्ला तामाङ संघको उपाध्यक्ष, त्यसपछि पार्टीको १२औँ महाधिवेशनबाट क्षेत्रीय सभापति हुँदै नेतृत्व क्षमता प्रमाणित गरेका थिए।

उनको निरन्तर सक्रियता र संगठन निर्माणमा देखिएको भूमिका नै १४औँ महाधिवेशनमा प्रतिनिधि चयन भई जिल्ला अधिवेशनबाट जिल्ला सभापति बन्ने आधार बन्यो। तीन दशक लामो राजनीतिक यात्रामा उनले कुनै सार्वजनिक विवादमा नपर्नु, स्वच्छ छवि कायम राख्नु र संगठन विस्तारमा केन्द्रित रहनु उनको विशेषता मानिन्छ।

निर्वाचनमा बलियो दावी र संगठनात्मक शक्ति

आगामी निर्वाचनमा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका लामाले आफ्नो जितको आधार निरन्तर योगदान, जनसम्पर्क र संगठनात्मक सुदृढतालाई मानेका छन्। २०७९ को निर्वाचनमा आफ्ना राजनीतिक गुरु मोहन बहादुर बस्नेत सँगको सहकार्यमा जिल्लामा काँग्रेस पार्टीलाई पहिलो शक्ति बनाउन उनले महत्वपूर्ण रणनीतिक भूमिका खेलेको उल्लेख गरिन्छ।


उनका समर्थकहरूका अनुसार संगठनभित्रको लामो अनुभव, स्थानीय तहदेखि जिल्ला तहसम्मको समन्वय क्षमता र कार्यकर्ताबीचको विश्वासले उनलाई बलियो उम्मेदवार बनाएको छ।

विपद् व्यवस्थापनमा सक्रिय नेतृत्व

लामा केवल राजनीतिक व्यक्तित्व मात्र नभई संकटका बेला अग्रपंक्तिमा उभिने समाजसेवीका रूपमा पनि परिचित छन्। २०७२ सालको महाभूकम्प, विभिन्न बाढी–पहिरो, कोरोना महामारीजस्ता कठिन समयमा उनले राहत वितरण, उद्धार र पुनर्स्थापनामा सक्रिय सहभागिता जनाएका थिए। विशेषतः जुगल क्षेत्रको लिदि पहिरोपीडितका लागि राहत संकलन र स्वास्थ्य सामग्री वितरणमा उनको प्रत्यक्ष भूमिका स्थानीयले प्रशंसनीय मान्छन्।

विपदपछि राहत र पुनर्स्थापनामा जुट्दै जंग बहादुर लामा

गोठदेखिको अनुभवले दिएको दृढता

उनको जीवनको अर्को महत्वपूर्ण पक्ष बाल्यकालको संघर्ष हो। परिवारको भेँडा पालन पेशामा सघाउँदै उनले किशोरावस्थाका वर्षहरू हिमाली खर्क, पाखा र जंगलमा बिताए। भैरवकुण्ड आसपासका चरन क्षेत्र, चोकोरमोकोर, लामपोखरीजस्ता दुर्गम स्थानमा बिताएको समयले उनलाई ग्रामीण जनजीवनको वास्तविकता बुझ्ने अवसर दियो। यही अनुभवले उनलाई विकट भेगका समस्या नजिकबाट बुझ्ने र त्यसको समाधानका लागि आवाज उठाउने नेतृत्वमा रुपान्तरण गरेको उनी निकटस्थहरू बताउँछन्।

समावेशी प्रतिनिधित्वको सम्भावना

राजनीतिक विश्लेषकहरूका अनुसार विकट भौगोलिक क्षेत्र र समावेशी प्रतिनिधित्व गर्ने उम्मेदवारको रूपमा लामाको उदयलाई ऐतिहासिक अवसरका रूपमा हेरिएको छ। लामो समयसम्म यस्तो पृष्ठभूमिबाट राष्ट्रिय प्रतिनिधित्व कम देखिएको सन्दर्भमा उनको उम्मेदवारीलाई समावेशी राजनीतितर्फको संकेत मानिन्छ।

घरदैलोको क्रममा मत माग्दै

घरदैलो अभियान र जनसमर्थन

निर्वाचन क्षेत्रका ५४ वटै वडामा पुगेर प्रत्यक्ष भेटघाट गर्ने उम्मेदवारमध्ये उनी अग्रस्थानमा रहेको बताइन्छ। जुगल, भोटेकोसी, बाह्रबिसे, त्रिपुरा र लिसाँखुका विभिन्न दुर्गम बस्तीमा समेत पुगेर उनले मतदातासँग संवाद गरेका छन्। स्थानीय बासिन्दाहरूले उनलाई सरल, सहज पहुँचयोग्य र व्यवहारिक नेताका रूपमा लिने गरेका छन्।

मत माग्ने क्रममा मतदाताबाट सम्मान गर्दै

जंग बहादुर लामाको यात्रा साधारण ग्रामीण जीवनबाट सुरु भई जिल्ला नेतृत्व र राष्ट्रिय प्रतिनिधित्वको आकांक्षासम्म पुग्न निरन्तरताको कथा हो। पारिवारिक प्रेरणा, व्यक्तिगत संघर्ष, सामाजिक सेवा, संगठनात्मक अनुभव र निरन्तर जनसम्पर्कको संयोजनले उनलाई भुइँमान्छेको आवाज बोकेको नेतृत्वका रूपमा स्थापित गरेको देखिन्छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार