ठुलो छाँगा क्यानोनिङ फेस्टिबल: ७० जनाले लिए पहिलो पल्ट रोमाञ्चक अनुभव

बलेफी–३ मा क्यानोनिङ फेस्टिबल: पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जनाको प्रयास

  सागर तामाङ (जन्मभूमि संवाददाता)

सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिका–३ मा अवस्थित ठुलो छाँगामा आयोजना गरिएको ४ दिने क्यानोनिङ फेस्टिबल २०८२ भव्य रूपमा सम्पन्न भएको छ। गत भदौ ३१ देखि असोज ३ गतेसम्म चलेको यस फेस्टिबलमा करिब ३०० स्थानीय तथा खेलप्रेमीको उपस्थिति रह्यो, जसमा ७० जनाले पहिलो पटक क्यानोनिङको प्रत्यक्ष अनुभव लिए।

फेस्टिबल संयोजक प्रीतम गोले तामाङका अनुसार गत वर्ष नै ठुलो छाँगामा क्यानोनिङका लागि आवश्यक पूर्वाधार तयार गरिएको थियो र १२ स्थानीय युवालाई प्रारम्भिक तालिम समेत दिइएको थियो। यस वर्ष त्यसलाई अझ प्रचार–प्रसार गर्न र क्यानोनिङलाई ग्रामीण पर्यटनसँग जोड्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको हो।

बलेफी गाउँपालिका–३ का वडा अध्यक्ष रितेश तामाङले सुकुटे आउने हजारौं पर्यटकलाई ठुलो छाँगामा क्यानोनिङ अनुभव गराउँदै ॐ पार्कसम्म हाईकिङ गर्ने अवधारणाले माथिल्लो बलेफीको पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

 

गाउँपालिकाकी उपाध्यक्ष सरु लामा तामाङको प्रमुख आतिथ्यतामा फेस्टिबल उद्घाटन गरिएको थियो। उनले निर्वाचित भएपछि पहिलो वर्षमै क्यानोनिङ र रक क्लाइम्बिङका लागि बजेट विनियोजन गरी सम्भाव्यता अध्ययन, प्राविधिक काम र पूर्वाधार निर्माण सुरु गरेको बताइन्। उनका अनुसार, बलेफीलाई सहाशिक खेलको गन्तव्य बनाएर स्थानीय युवालाई रोजगारी सिर्जना गराउने यो महत्वपूर्ण पहल हो।

फेस्टिबलमा इन्सुहाङ राई मुख्य प्रशिक्षकका रूपमा सहभागी रहे भने सुजन जिम्बा, संगम रुम्बा, दिपक तामाङ र अखिल तामाङले सहयोगी गाइडको भूमिका निभाए। पहिलो दिन सुरक्षा अभिमुखिकरण गराइएपछि बाँकी दिनहरूमा सहभागीलाई निःशुल्क क्यानोनिङ अनुभव गराइएको थियो।

काठमाडौंदेखि ८२ किलोमिटर र सुकुटेदेखि १४ किलोमिटर टाढा रहेको ठुलो छाँगा क्यानोनिङका लागि अत्यन्त सम्भावनायुक्त स्थल रहेको प्रशिक्षक राईको भनाइ छ। उनले नेपालमा हजारौं सुन्दर झरनाहरू रहेका कारण उचित पूर्वाधार, तालिमप्राप्त गाइड र प्रभावकारी प्रचार–प्रसार भएमा यो खेल विश्वस्तरमै स्थापित गर्न सकिने बताए। “अनुभवी गाइडमार्फत खेलेमा क्यानोनिङ १००% सुरक्षित हुन्छ,” उनले थपे।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार