२२ विधामा TFR सम्मानसहित तामाङ चलचित्र दिवसको तयारी पूरा

तामाङ चलचित्र दिवस : कलाकार सम्मान र सांस्कृतिक प्रस्तुति सहितको उत्सव

  प्रितम कुमार तामाङ

काठमाडौं
नेपालमा पहिलो पटक तामाङ चलचित्र प्रदर्शन भएको ऐतिहासिक दिनको स्मृतिमा मनाइँदै आएको तामाङ चलचित्र प्रदर्शन दिवस यस वर्ष पनि राजधानीमा विशेष कार्यक्रमसहित आयोजना हुने भएको छ।

तामाङ चलचित्र संघका केन्द्रीय महासचिव बुद्धा तामाङका अनुसार ३०औँ संस्करणको यो दिवस चलचित्र विकास बोर्ड, चावहिलस्थित हलमा TFR सम्मान तथा सांस्कृतिक प्रस्तुति सहित भव्य रूपमा मनाइनेछ।

यस अवसरमा कला, संस्कृति, भाषा र धर्मको संरक्षणमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिनेछ। साथै, नयाँ पुस्तालाई प्रोत्साहन गर्न पत्रकारदेखि सामाजिक अभियन्तासम्मका २२ विधामा TFR सम्मान प्रदान गरिनेछ।

सम्मानका विधाहरूमा पत्रकार, निर्देशक, खलनायक, श्रृङ्गारकर्ता, हास्य कलाकार, खेलाडी, गीतकार, गायक, गायिका, सक्रिय कार्यसमिति सदस्य, अभिनेत्री, अभिनेता, निर्माता, सङ्गीतकार, प्रोडक्सन हाउस, छायांकन, नायक, नायिका, सम्पादक, द्वन्द्व निर्देशक, नृत्य निर्देशक र सामाजिक अभियन्ता समेटिएका छन्।

कार्यक्रममा चर्चित कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति पनि रहनेछ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार