
सिन्धुपाल्चोक
अविरल वर्षातको कारणले मृत्यु वरण गर्न विवश सिन्धुपाल्चोक जिल्लाका प्रत्येक मृतक परिवारलाई नगद ५० हजारका दरले राहत सहयोग गर्ने घोषणा गरेको छ। नेका केन्द्रिय सदस्य एवं पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतले आफ्नो व्यक्तिगत तर्फबाट सोही आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
आज पेप्सिकोला स्थित एक पार्टी प्यालेसमा नेका सिन्धु काठमाडौं सम्पर्क समितिद्वारा आयोजित प्राकृतिक विपत्ति व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्पुर्ण काँग्रेसजनलाई राहत, पुनःस्थापन, खोजीकार्य र उद्घारमा लाग्न समेत नेता बस्नेतले निर्देशन दिनुभयो।

केही दिनको अत्यधिक वर्षाको कारणबाट भएको ठूलो जनधनको क्षति प्रति दु:ख व्यक्त गर्दै उहाँले आफ्नो व्यक्तिगत तर्फबाट रु. ५ लाख राहतका लागि छुट्याइएको जानकारी दिनुहुँदै सबै नेता कार्यकर्ताहरुलाई समेत सकेको सहयोग जुटाउन आह्वान गर्नुभएको छ।













