खेलकुद विकास समिति हेलम्बुको अध्यक्षमा सुनिल दोङ तामाङ नियुक्त

हेलम्बु, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको खेलकुद विकास समितिको अध्यक्षमा सुनिल दोङ तामाङ नियुक्ति गरेको छ । गाउँपालिकाले मिति २०८१/०७/०७ गते प्रकाशित सूचना तथा यस गाउँपालिकाको खेलकुद विकास समिति गठन तथा क्रियाकलाप सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ बमोजिम ४ (चार) वर्षको लागि तामाङलाई अध्यक्ष पदको जिम्मेवारी दिएको हो ।...