४ महिना देखि बेपत्ता पुजन राईको बाईक भेटियो, घटना झन् शंकास्पद

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
गत कार्तिक २७ गते देखि बाह्रबिसे बजारबाट चाकु स्थित साथीको घर सम्म पुगि फर्किए पछि सोही दिन बेलुका अन्दाजी बेलुका ७:३० देखि बेपत्ता पुजन राईले प्रयोग गर्ने बुलेट बाईक फेला परेको छ । केही दिन अघि उनको जुत्ता समेत बसेरी भन्ने स्थानमा भेटिएपछि खोजिकार्य तिब्र पारिएको थियो । राई बाह्रबिसे स्वास्थ्य केन्द्रमा नेत्र सहायकको रुपमा कार्यरत थिए ।

उनका अभिभावक अनि आफन्तहरुले पुजनको खोजी गर्न दिनरात लागि रहेका छन् । आफन्तका अनुसार पुजन कुनै दुर्घटनामा नपरी योजनाबद्ध तरिकाले हत्या गरिएको बताईरहेका छन् । अहिले बाईक भेटिएपछि आफन्तहरुले सोही दिन पुजनले भेटिएको साथीभाइ देखि अन्य शंकास्पद सबै माथी छानबिन हुनुपर्ने बताएका छन् । परिवारले जाहेरी दिन खोजेपनी प्रहरीले जाहेरी समेत लिन नमानेको उनिहरुको गुनासो छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार