सिन्धु काँग्रेसको सडकमा नारा “नेपाली जनताको एउटै स्वर, कम्युनिस्ट जति चोरै चोर”

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
नेपाली काँग्रेसको केन्द्रिय परिपत्र अनुसार देशै भरको जिल्लाहरुमा केपि ओलि को असम्बैधानिक कदमको विरुद्ध भातृ संस्थाहरुको बिरोध कार्यक्रम सम्पन्न भयो । यसै क्रममा सिन्धुपाल्चोक नेपाली काँग्रेसले भनें दुई स्थानमा कार्यक्रम सम्पन्न गरे । जसमा केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बस्नेतको प्रमुख आतिथ्यतामा खाडिचौर बजार र पुर्व अर्थ राज्य मन्त्री उदय समशेर राणाको प्रमुख आतिथ्यतामा बाह्रबिसे बजारमा कार्यक्रम आयोजना गरेका थिए । तर दुवै कार्यक्रममा प्रमुख वक्ताहरु पार्टीको मिटिङमा व्यस्त भएका कारण उपस्थित हुन नसकेको जानकारी कार्यक्रमको अन्तिम तिर जानकारी दिएका थिए । खाडिचौरको सभालाई नेता हरिशरण श्रेष्ठ, महिला नेत्री लिला नेपाल, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, उपसभापति रामकुमार तामाङ लगायतले सम्बोधन गरेका थिए । त्यस्तै बाह्रबिसेको सभालाई जिल्ला सभापति बिकाश लामा, केन्द्रिय सदस्य प्रकाश रसाइली, पुर्व जिल्ला सभापति भुपेन्द्र थापा, क्षेत्र नं. २ सभापति आइतामान तामाङ, तरुण दल जिल्ला अध्यक्ष दोर्जे लामा र महिला संघ सभापति गिता नेपाल लगायतले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्ने क्रममा सबै वक्ताले ओलि सरकारको अराजकता र असंबैधानिक कदमकै विरुद्ध खर्चिए । नेकपाको दुईतिहाई सरकारले स्थानीय तह देखि केन्द्र सम्म भएको भ्रष्टाचार अराजकताको खुलेर बिरोध गरे । दुई स्थानमा भएको कार्यक्रममा केही कार्यकर्ताहरु दोधारमा परेपनि उत्साहजनक उपस्थिति संगै सिन्धुपाल्चोक काँग्रेस पार्टी भित्रको आन्तरिक द्वन्द्व अब धेरै समय नरहने वक्ताहरुको भनाइ थियो ।

सभा गर्नु अघि सडकमा निस्केको विशाल बिरोध र्यालीमा ओलिको असंबैधानिक कदमको चर्को विरोध गर्दै जुलुस निस्केका थिए । जुलुसमा ओलि मुर्दाबाद भन्दै “नेपाली जनताको एउटै स्वर, कम्युनिस्ट जति चोरै चोर” भ्रष्टचारी कम्युनिस्ट सरकार मुर्दावाद जस्ता नारा घन्काएका थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार