बिद्युत सर्ट भै पत्रकार पाण्डेको घरमा आगलागी, लाखौको धनमाल नष्ट

  जन्मभूमि संवाददाता

ललितपुर
नेपाल पत्रकार महासंघ ललितपुरको कार्यसमिति सदस्य गोमा पाण्डेको ललितपुरको डुकुछापमा रहेको घरमा आगलागी भएको छ । गोदावारी नगरपालीका ८ डुकुछापमा रहेको घरमा आइतवार दिउसो आगलागी भएको हो ।

बिद्युत सर्ट भएर लागेको आगोले घर पूर्ण रुपमा जलेको पत्रकार पाण्डेले बताईन् । घरमा रहेको अन्नपात, लत्ताकपडासहित लाखौ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दिउँसो घरमा कोहि नभएकाबेला आगलागी भएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रेस युनियन ललितपुरको कार्यसमिति सहसचिव समेत हुन् ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार