चौतारा साँगाचोकमा विश्व शान्ति पुजा तथा बृहत् ल्होछार कार्यक्रम हुने

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
छिमिटासी छिलिङ्ग गुम्बा, नेपाल तामाङ नगर घेदुङ चौतारा साँगाचोकगढि नगरपालिका र राष्ट्रिय आदिवासी महिला महासंघ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा साँगाचोक मानेडाँडामा बिश्व शान्ति पुजा तथा २८५७ औं (लाङ ल्हो) सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

“ह्याङ्ला भाषा ह्याङ्ला ग्योई, ज्याबा डान्बा छेह्रेङ्गै” भन्ने नाराका साथ उक्त कार्यक्रम यहि माघ २६ गते उद्घाटन हुनेछन् । त्यस्तै ३० गते बृहत् साँस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन् ।

उद्घाटन समारोहका प्रमुख अतिथिका रुपमा मेयर अमान सिं तामाङ र बिशेष अतिथिका रुपमा श्रदेय खेन रिन्पोछे फुर्वा दोर्जे पाख्रीन उपस्थित हुने भएको छ । कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ साँगाचोक मानेडाँडामा सम्पन्न हुनेछन् ।

साँस्कृतिक कार्यक्रमका लागि ख्याती प्राप्त कलाकारहरु जितु लोप्चन, अनिश योन्जन, प्रकाश तितुङ, आश्मान लोप्चन, प्रीतम तामाङ र रोश्न लुङ्बाको बेजोड प्रस्तुति रहने भएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार