अमेरिका पठाईदिन्छु भन्दै ठगी गर्ने तुलसी थापा पक्राउ

  प्रीतम कुमार तामाङ

काठमाडौं
“राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ” भन्दै अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने संखुवासभा पाँचपखन गापा ५ खमारेका ६० वर्षीय तुलसी थापालाई पक्राउ गरेका छन् । हाल हाल का.जि.का.म.न.पा. वडा नं. ७ मित्रपार्क, चावहिल बस्दै आएका छन् ।

प्रहरीका अनुसार घटना विवरण यस्तो छ ;
आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी निजको नामको परिचय पत्र समेत देखाई ठगी गर्ने जिल्ला संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ७ मित्रपार्क, चावहिल बस्ने वर्ष ६० को तुलसी थापालाई मिति २०७७।१०।०६ गते काठमाडौँको दरबारमार्गबाट पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको ।
निजले म अमेरिका हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई रु. १५,००,०००।– (अक्षरुपी पन्ध्र लाख मात्र) रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको साथै निजबाट अन्य कोही ठगिनुभएको छ भने यस कार्यालयमा सम्पर्क राख्नको लागि समेत अनुरोध गरिएको छ । 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार