ओलि विरुद्धको आन्दोलनमा प्रचण्ड अग्रमोर्चामा सहभागी हुने

  जन्मभूमि संवाददाता

काठमाडौं
प्रचण्ड-नेपाल पक्षका अध्यक्ष प्रचण्डले युवहरुलाई आक्रमक र आवेग सहित आन्दोलनमा उत्रीन निर्देशन दिन्ह्भएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिको दोश्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै दहालले यस्तो अभिव्यक्ती दिएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाईएको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नु भयो, “लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेकोले नै आफूहरुमाथि आक्रामक हुनुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । त्यसैले आवेश र आक्रोशसहितको जुझारु आन्दोलन गर्न जरुरी छ ।” त्यस्तै उहाँले युवाहरुलाई हौसला दिँदै आन्दोलनमा युवाहरु मात्रै नभई अग्रमोर्चामा आफू पनि सहभागी हुने उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार हुँदा सिंगो देश स्तब्ध भएपनि प्रधानमन्त्री केपी शर्मा ओली हाँस्दै हिडेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले एकताको बेलाका सिद्धान्तलाई अतिक्रमण गरेको तथा पार्टीको संगठनात्मक मूल्यमान्यता बाहिर गएको उहाँको भनाइ छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार