महत्वपूर्ण निर्णयहरु गर्दै तामाङ समाज उत्तर अमेरिकाको वार्षिकोत्सब सम्पन्न

  प्रीतम कुमार तामाङ

काठमाडौं
उत्तर अमेरिका भित्र विभिन्न पेशा व्यवसाय अनि बसोबास गरिरहेका तामाङहरुको छाता संगठन
तामाङ समाज उत्तर अमेरिका (Tamang Society Of North America TSNA Inc.) को बार्षिक उत्सव सम्पन्न भएको छ । उक्त अवसरमा कोरोनाका कारण संस्थाले जुम मिटिङ आह्वान गरिएको थियो । सो मिटिङमा शुभकामना आदन प्रदान सहित शुरु भएको बैठक जनवारी भरी एक आपसमा शुभकामना आदन प्रदान कार्यक्रम गर्ने सहित विभिन्न महत्वपूर्ण निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

साथै मिटिङबाटै आगामी महाधिवेशनको मिति र तयारीका लागि समितिहरुको विषयमा सल्हाकार समिति र सदस्य संस्थाका अध्यक्षहरुको बीचमा वृहत बैठक द्वारा निर्णय गरिने वर्तमान अध्यक्ष लाक्यान लामाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । लामाले Global Tamang Scholarship Fund-2020 को कोष संकलन समितिको बाँकी जिम्मेवारी समेत वृहत बैठकबाट निर्णय गरिने भएको बताउनुभयो ।

प्रेस विज्ञप्ति यस्तो छ ;

यस संस्था तामाङ समाज उत्तर अमेरिका (Tamang Society Of North America TSNA Inc.) को विधिवत स्थापना जनवरी १० मा भएको हुदा संस्था स्थापना दिवासको पावन अवशरमा यस संस्थालाई यहॉ सम्म ल्याई पुर्याउन सहयोग गर्नु हुने सम्पुर्ण महानुभाव लगायत विश्वभरका समस्त महानुभावहरुमा यसै विज्ञप्ति मार्फत हार्दिक शुभकामना व्यक्त गर्दछौ । साथै कार्यसमितिको मिति जनवरी १०, २०२१ आईतबार जुम मार्फत अध्यक्ष श्री लक्यान लामा ज्यु को अध्यक्षतामा बसेको पुर्ण बैठकले संस्था स्थापना दिवासको शुभकामना आदन प्रदान गर्ने निर्णय लगायत अर्को छुट्टै दुई वटा महोत्वपुर्ण निर्णय गरिएको जानकारी आम समुदायको बीचमा यसै विज्ञप्ति मार्फत गराउदछौ ।

१. वर्तमान कार्यसमितिको ३ बर्षे कार्यकाल यही जनवरी १५, २०२१ मा सकिने र कार्यकाल सकिनु पुर्व नै विभिन्न राज्यहरु र सदस्य संस्थाबाट प्रतिनिधीहरु उपस्थित भै महाधिवेशन मार्फत कार्यसमिति निर्वाचित गर्न कोभिडका कारण असंभव भएकोले काबु भन्दा बाहिराको यस्तो परिस्थितिलाई मध्येनजर गरि वर्तमान कार्यसमितिलाई छ महिना सम्मका लागि संस्थाको यथावत जिम्मेवारीलाई नै कायम राख्दै ऑउदो जुलाई महिनामा संस्थाको महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरिएको जानकारी गराउदछौ ।
२. संस्थाको ड्रिम प्रोजेक्ट एक करोड नेपाली राशीको “Global Tamang Scholarship Fund-2020” लाई यथासक्य चॉडो सम्पन्न गर्न संस्थाको वर्तमान अध्यक्ष लक्यान लामा ज्यु को संयोजकत्वमा कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु, सल्हाकार समितिका सम्पुर्ण सदस्यहरु र विभिन्न राज्यस्तरका सदस्य संस्थाका अध्यक्षहरु समितिका सदस्य रहने गरि नर्थ अमेरिका क्षेत्रबाट कोष संकलन गर्नका लागि “कोष संकलन समिति” बनाएको निर्णय समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौ ।

अन्तमा संस्थालाई सदैव सहयोग र माया दिनुहुने तपाई सबैमा संस्था स्थापना दिवशको यो पावन अवशरमा हार्दिक शुभकामना सहित विश्वभरका तामाङ संघ संस्था तथा व्यक्ति विशेषमा Global Tamang scholarship fund-2020 को स्वमित्व ग्रहण गर्न तथा Tamang worldwide network development मा सहभागिता जनाउन हुन हामी यसै विज्ञप्ति मार्फत अनुरोध तथा आव्हान गर्दछौ । धन्यवाद फ्याफुल्ला ।

डोल्मा लामा
महासचिव 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार