काँग्रेस सभापति देउवा आज सिन्धुपाल्चोक

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ स्थित पालाँती अङ्गेरी पाखा खेल मैदानमा गत पौष २२ गते देखि भईरहेको जिल्लास्तरीय कोमल माया – खड्ग बस्नेत स्मृति नाईन ए साईड फुटबल प्रतियाेगिताको समापन समारोहलाई सम्बोधन गर्नका लागि आज पौष २८ गते सभापति शेर बहादुर देउवा आउनुहुने आयोजकले बताएका छन् ।

त्यस्तै पुर्व सूचना तथा सन्चारमन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतको पनि सम्बोधन रहनेछ । यस प्रतियोगिताको फाईनल चरणमा पुग्न सफल मेलम्ची नगरपालिका र सुनकोशी गाउँपालिका बिच फाईनल खेल पनि आज नै हुनेछन् । जसको भरपुर मनोरञ्जन लिनका लागि खेलप्रेमी सबैमा आयोजकले निमन्त्रणा समेत गरिएको छ ।

बिजेताले आज नगद रु १ लाख ११ हजार १ सय ११ जित्नेछन् । त्यस्तै ट्रफी, प्रमाणपत्र सहित अन्य विविध विधाका उत्कृष्ट खेलाडीहरुले समेत पुरस्कार लिनेछन् ।

खेल सिन्धुपाल्चोक जिल्ला, बाह्रबिसे नगरपालिका, वडा नं ४ पालाँती अङ्गेरी पाखा खेल मैदानमा भैरहेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार