श्रद्धाञ्जली दिने सहकर्मीलाई बलियो झापट “तपाईंको मुल्यांकन जनता, समय र इतिहासले गर्नेछ”

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
ओलि पक्षधरले जिल्लाको खाडिचौरमा गरेको अगुवा कार्याकर्ता भेलामा आफ्नो भनाइ राख्नु हुँदै युवा तथा खेलकुद मन्त्री दावा तामाङले आफ्नो भविष्यवाणि गर्न नसक्नेहरुले अरुको भविष्यवाणी नगर्न व्यङ्ग्यात्मक जवाफ दिनुभएको छ । त्यस्तै सहकर्मी कमरेड तर्फ इंगित गर्दै उहाँले आफ्नो पार्टी बनाउने तर्फ नलागेर ज्युँदो मान्छेलाई श्रद्धाञ्जली दिन तर्फ, काज किरिया गर्न तर्फ लागेको आरोप लगाउँदै साँच्चै कम्युनिस्ट आन्दोलनमा लागेको व्यक्ती हो भनें १८३९ को घोषणा पत्रमा कहाँनेर ज्युँदो मान्छेलाई श्रद्धाञ्जली दिने भनेंर लेखेको छ ? भन्दै प्रश्न गर्नुभएको छ ।

त्यस्तै तामाङले थप चुनौती दिँदै “साथी तपाईंको मुल्यांकन जनताले गर्नेछ, समयले गर्नेछ र इतिहासले गर्नेछ” भन्दै तपाईंको पार्टी भोटेकोसी, ईन्द्रावती, ब्रम्हायाणीले बगाएर दोलालघाट हैन दुम्जाको सिमा कटाउने बताउनुभयो ।

उक्त जवाफ केही दिन अघि प्रचण्ड-नेपाल खेमा मानिने नेकपाका नेता सरल सहयात्रीले एक कार्यक्रममा मन्त्री तामाङलाई होच्याउँदै “श्रद्धाञ्जली दिनुपर्ने अवस्थामा पुग्नुभएको छ” भन्ने तर्फ इंगित रहेको थियो ।

मन्त्री तामाङले उक्त व्यङ्ग्यात्मक जवाफलाई एक ज्योतिषको उदाहरण दिँदै सहभागीहरुलाई अझै छर्लङ्ग पार्नुभएको थियो । उहाँले आफू पार्टीले बनाएको युवा तथा खेलकुद मन्त्री भएकोले हिजो पनि आफू पार्टीको नीति निर्देशन भन्दा एक ईन्च दायाँबायाँ नगरेको र आज पनि सोही बमोजिम नै अघि बढेर जनताको लागि, सरकारको लागि र पार्टीको लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अर्को खेमाको नेताहरुले भ्रम छरिरहेको आरोप समेत लगाउँदै स्याल हुइंया गरे जस्तो मात्र भएको बताउनुभएको छ ।

उपस्थित एक नेकपाका कार्याकर्ताले हाल आफ्नो खेमा जोगाउने, आफू बलियो देखाउन अनि केही अवसर पाउँछकि भनेर प्रचण्ड-माधव समुहका नेताहरुले आफ्नो नैतिकता नै बिर्सिन थालेको आरोप लगाए । उहाँहरु आफ्नो धरातल नाघेर के बोल्नु हुन्छ, के बोल्नु हुँदैन भन्ने कुरै बिर्सिसकेका छन् , यो अवस्थामा हामीले राम राम भन्ने हो, काँध थाप्न भने सकिन्न” सहभागीले सुनाए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार