सिन्धुपाल्चोकमा ओलि पक्षको नयाँ जिल्ला कमिटी चयन

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, खाडीचौर
बिहिवार खाडीचौरमा भएको ओलि गुटको नेकपा पक्षको अगुवा कार्याकर्ता भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । उक्त भेलाले जिल्ला संयोजकमा बालकृष्ण देउजा र सहसंयोजक चन्द्र धिमालकोटीलाई चुनेका छन् ।

यस अघि नेकपा जिल्ला अध्यक्षका रुपमा झम्क नेपाल रहेकोमा नेपाल प्रचण्ड-नेपाल गुटमै रहेकोले उनलाई हटाई बालकृष्ण देउजालाई संयोजक बनाएको हो । यहि भेलाले पुरानो १ सय ४५ जिल्ला सदस्य रहेकोमा नयाँ १ सय जना सदस्य थप गर्दै २ सय ४५ जिल्ला अधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । भेलालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, प्रदेश सांसद सरेश नेपाललगायतले सम्बोधन गरेका थिए ।

पछिल्लो चरण नेकपा भित्रको विवादले सिन्धुपाल्चोक नेकपामा पनि फुटको तरंग सतहमा आएको छ । यस अघि दाहाल-नेपाल गुटका ले ओलि गुटमा गएका जिल्ला नेताहरुलाई कारबाही सिफारिस गरि नयाँ सदस्यलाई नेतृत्व दिएका थिए । जसमा हाल युवा तथा खेलकुद मन्त्री हुनुभएका दावा तामाङ सहित ५ जनालाई हटाईएको थियो । तामाङको स्थानमा दाहाल-नेपाल गुटले गोविन्द पराजुलीलाई जिम्मेवारी दिएका थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार