पुर्व मन्त्री बस्नेतको स्वर्गीय मातापिताको स्मृतिमा फुटबल कप उद्घाटन

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ पलाति अंगेरिपाखा खेल मैदानमा खेल जगत् लाई देशका ग्रामीण भेगहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली काङ्ग्रेस खेलकुद विभागको आयोजना एवं अमेरिका बस्दै आउनु भएका पुर्व मन्त्री मोहन बहादुर बस्नेत ज्युका कान्छो भाई बुहारी प्रकाश सृष्टि बस्नेतको मुख्य प्रायोजन तथा जिल्ला खेलकुद सघं सिन्धुपाल्चोकको प्राविधिक सहयोगमा पौष २२ देखि २८ सम्म पुर्व मन्त्री बस्नेतको बुबा आमाको नामबाट सिन्धुपाल्चोक जिल्ला व्यापी कोमल माया खड्ग बस्नेत स्मृति कप पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत, अखिल नेपाल फुटबल संघ (ANFA) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, ANFA उपाध्यक्ष वीर बहादुर खड्का, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष मन कुमार श्रेष्ठ(सानू भाई) तथा पदाधिकारीहरु लगायत युवा खेलाडी तथा शुभेच्छुकहरुको उपस्थितिमा उद्घाटन सत्र सम्पन्न भएको छ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ४ को पलाती अंगेरिपाखा खेलमैदानमा भईरहेको उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तह मध्ये ९ स्थानीय तहको सहभागीता रहेको छ। उद्घाटन सत्रमा मेलम्ची नगरपालिका र भोटेकोसी गाउँपालिका बिच भएको खेलमा मेलम्ची नगरपालिकाले ४ गोल अन्तरले भोटेकोसी गाउँपालिकालाई पराजित गरेको छ ।प्रतियोगिताको प्रथम विजेतालाई १ लाख ११ हजार १ सय, दोस्रो विजेतालाई ५५ हजार ५ सय ५५ र अन्य विभिन्न विधाका विजेताहरुलाई नगद साथै शिल मेडल र ट्रफी हस्तान्तरण गरिने आयोजकले बताएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार