धरानमा काङ्ग्रेस खेलकुद विभागको रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

  प्रीतम कुमार तामाङ

धरान
“रक्तदान जिवनदान” भन्ने मुल नारा सहित देशमा भईरहेको रगत अभावलाई मध्यनजर गरि नेपाली काङ्ग्रेस खेलकुद विभागले आयोजना गरेको रक्तदान कार्यक्रम अन्तर्गत आज मिति २०७७ पौष ४ गते पुर्व सूचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत ज्युको प्रमुख आतिथ्यता, नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागका केन्द्रिय सदस्य किशोर राई ज्युको सभापतित्व, नेपाली काङ्ग्रेस प्रदेश नं १ संसदीय दलका नेता एवं सुनसरी जिल्ला सभापति माननीय राजीव कोईराला ज्युको विशिष्ठ आतिथ्यता, नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागका सह-संयोजक मोहन राईको विशिष्ठ आतिथ्यता, धरान उपमहानगर पालिकाका मेयर तिलक राईको आतिथ्यता तथा धरान खेलकुद समन्वय समिति धरान, सुनसरीका सुरज लामाको संयोजकत्वमा नेपाली काङ्ग्रेस पार्टीको संरक्षण, धरान खेलकुद समन्वय समितिको संयोजन, पार्टीका भातृ शुभेच्छुक संस्थाको विशेष सहयोग तथा नेपाली काङ्ग्रेस खेलकुद विभागद्वारा आयोजित पार्टिका नेता कार्यकर्ता लगायत पार्टीका भातृ शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुको भव्य उपस्थितिका साथ धरानमा भईरहेको रक्तदान तथा उत्कृष्ट खेलाडी प्रशिक्षक सम्मान कार्यक्रम सु- सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ७७ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको छ । कार्यक्रममा कार्यक्रमका सभापती प्रमुख अतिथि विशिष्ट अतिथी अतिथिहरुले नेपाली खेल जगत् का उत्कृष्ट खेलाडी प्रशिक्षक लगायत विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान गर्नुभएको छ ।

उक्त रक्तदान तथा खेलाडी प्रशिक्षक कार्यक्रमलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पुर्व सुचना तथा सन्चार मन्त्री पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले “नेपाली काङ्ग्रेसका पार्टी सभापती शेरबहादुर देउवा ज्युले देशमा रगत अभाव हुँदै गर्दाको अवस्थामा देशमा भयावह अवस्था आउँछ यसलाई नेपाली काङ्ग्रेसले ख्याल गर्नुपर्दछ भनी शेरबहादुर देउवा ज्युको सल्लाह बमोजिम विभागले रक्तदान कार्यक्रम सन्चालन गरेको ” कुरा प्रकाश पार्नुभएको छ । सम्बोधन गर्ने क्रममा “कमाउनका लागि कम्युनिस्टहरू लाइन लागेर बसेका छन्, अवसर पाउन लाइन लागेका छन् । कम्युनिस्टहरू लाई भने जस्तो भएन भने काटमार गर्छन्। हामीले दिएको रगत ती कम्युनिस्टका नेता कार्यकर्ताहरुलाई पनि काम लाग्छ। नेपाली काङ्ग्रेस मानवताको भावले ओतप्रोत पार्टी भएकाले जनताप्रति मानवीय जिम्मेवारी कायम गर्दै बिरामीहरुलाई रगतको आपूर्तिमा सम्भव भए सम्म सहयोग पुर्‍याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको हो”, उहाँले थप्नुभयो ।

विभागले हाल सम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पुर्ण रक्तदाता र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा कृतज्ञता व्यक्त गर्नुको साथै रक्तदान कार्यक्रमहरु देशका विभिन्न जिल्लहरुमा स्वास्थ्य मापदण्ड सहित चल्ने भएकोले आदरणीय दिदिबहिनी दाजुभाई तथा तरुण युवाहरुलाई रक्तदानको लागि अपिल गरेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार