रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैद कै फैसला

  जन्मभूमि संवाददाता

दिपायल
थारुहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनाका मुख्य योजनाकारको आरोपित रेशम चौधरीलाई उच्च अदालत दिपायलले जिल्ला अदालतकै फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।
उच्‍च अदालतका न्यायाधीद्वय सीताराम मण्डल र टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार दुबै पक्षको बहस सुनिसकेपछि रेशमको माग अनुसार उनलाई सफाइ दिन अस्वीकार गरेको उच्च अदालत दिपायलकी निमित्त रजिस्ट्रार सीता रेग्मीले जानकारी दिएकी छन् ।

उच्च अदालतले रेशम चौधरीसहित हरि नारायण चौधरी, प्रदीप चौधरी, विर बहादुर चौधरी, राजेश चौधरी, सिताराम चौधरी, गंगाराम चौधरी समेत ७ जनालाई जिल्ला अदालतको फैसला बमोजिम नै जन्म कैद हुने ठहर गरेको छ ।

चौधरीका कानुन व्यवसायी गजेन्द्र केसीले अदालतको फैसला चित्त बुझ्दो नभएको भन्दै पुनरावेदन गरेको बताएका छन् । अधिवक्ता केसीले चौधरीले सफाइ पाउनुपर्ने बताएका छन् ।

उनका अनुसार “उहाँले सफाइ पाउने प्रशस्त आधारहरु छन् । जसमा पहिलो कुरा घटना भएको ठाउँमा रेशमजीको उपस्थिति छैन । दोस्रो कुरा घटना भएको दिन मोबाइल नेटर्वकले उहाँ लम्की र बर्दिया भएको देखाउँछ भने टीकापुरको टावरबाट आउट अफ ट्रयाकमा देखिनुभएको छ । तेस्रो कुरा उनले उक्त घटनाका लागि निर्देशन दिएको भनिएको पुष्टि गर्ने कुनै आधार छैन । चौथो कुरा नाबालकले आफूलाई काँधमा उठाएको भन्‍ने कुरा हो । ती बालककी आमाले पनि बच्चा सुस्त मनस्थितिको भएको बताइसकेकी छन् ।”

त्यस्तै उनले सर्वोच्चमा गएको १६ नम्बरको मुद्दा पनि २०७४ मै किनारा लागिसकेको हुँदा पुस २ गतेको सुनुवाइपछि सफाइ दिने फैसला भए रेशम जेलमुक्त हुने बताएका थिए ।                                                                                                २०७२ भदौ ७ मा टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सो प्रकरणमा ०७५ फाुगन २२ गते जिल्ला अदालतले गरेको फैसला उच्च अदालतमा पुगेको हो । खोजतलास

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार