स्वर्गीय कमान सिंह लामा पारिवारिक कलहमा थिए, “संसारलाई रुवाउने अन्तिम त्यो स्टाटस”

  प्रीतम कुमार तामाङ

काठमाडौं
गएराती कोरियाका लागि पुर्व राजदुत एवं नेकपाका केन्द्रिय सदस्य कमान सिंह लामाको उपचारको क्रममा शिक्षण अस्पताल महराजगंजमा निधन हुनुभयो । उहाँ करिब २ हप्ता देखि कोभिड १९ बाट थलिएपछी उपचार गराईरहेका थिए ।

उहाँको निधनले संसारभरका उहाँको शुभचिन्तकहरु भावबिह्वाल भएका छन् । विगत केही समय देखि पारिवारिक द्वन्दमा फसेका लामा शारीरिक रुपमा मात्र नभै आत्मा नै कमजोर भएको उहाँको अन्तिम फेसबुक स्टाटसबाट बुझ्न सकिन्छ ।

उहाँको वास्तविक पारिवारिक समस्याको बारेमा निधन हुनुअघीको फेसबुक स्टाटसले स्पष्ट पारेको देखिन्छ । जुन स्टाटसले उहाँका शुभचिन्तकहरुलाई झनै दुखित तुल्याएको छ ।

अस्पतालमा उपचार गराइरहेका ५ तस्वीर सहित आफ्नो श्रीमती र केही परिवारका सदस्यहरु संगको अन्तरद्वन्द झल्किएका शब्दहरुले जोकोहिको मनमा छुन्छ नै ।

उहाँले अस्पतालको बेडमै कोरिएका शब्दहरुमा आमालाई संसारकै माया गर्ने पहिलो मानेका छन् । त्यस्तै दोश्रोमा श्रीमती रहेको पनि उल्लेख गरेका छन् । तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाङ्गलमा फसेकोछ भनिएको छ । त्यसपछि उहाँको स्टाटसमा थपेका छन् “तिमि यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन् “छ्या कति कुरुप सिलावरको देक्ची कूचिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !!
प्रिय, तिमीत उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे !!! वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिएं !!! ढोंगीहरुलेत हातमा भनेर घुंडामा झुण्ड्याउने हो क्यार !!! जे होस तिम्रा जाल झेल खेती सप्रेकोनैछ साधा जीबन उच्च विचारका हिर्डिङबोर्ड बगैंचा घरका भित्तामा टांसेकाछौ त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हांडि घोप्टे जस्तो लाग्छ !!” लेखिएको छ ।

त्यस्तै अन्तिम घडीमा आफ्नो श्रीमती नै साथमा नहुँदा जिवनभर कमाएको सम्पत्तिको कुनै मूल्य नरहेको समेत उहाँको उक्त स्टाटसबाट झल्किन्छ । आफ्नी श्रीमतीले गर्दा आफ्नो जिवनको विभिन्न आशा, ईच्छा अनि सपना पूरा नभएको समेत जनाएका छन् ।

अन्तिममा “आफ्नो मनको घुम्सिएका कुराहरुलाई बाहिरा ल्याउन कुनै माध्यमले काम नगरे पछि बडो सरमका साथ यो मिडिया अपनाएं माफगर प्रीय !!! यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!” भन्दै स्टाटसको अन्त्य संगै जिवनको अन्तिम फेसबुक स्टाटस शेयर गरेका छन् ।                     

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार