पुर्व राजदुत तथा पुर्व सांसद कमान सिंह लामा रहेनन्

  प्रीतम कुमार तामाङ

काठमाडौं
दक्षिण कोरियाका लागि पूर्व राजदूत तथा पूर्व सांसद कमान सिंह लामा अब सम्झनामा मात्रै रहनुभएको छ । कोभिड-१९ बाट ग्रसित उहाँ
केहि समयदेखि हस्पिटलको आइसियुमा उपचारार्थ हुनुहुन्थ्यो ।

तामाङ समाजको लागि मात्र नभै नेपाली राजनितिक जगतका विभिन्न परिवर्तित आन्दोलनहरुमा महत्वपूर्ण भुमिका खेल्नुभएका लामाको यो अस्वभाविक निधनले सबैको प्रेरणाको श्रोत आजबाट गुमाउनु परेको छ । एक निडर, कर्मठ र साहासिक व्यक्ती आजबाट सदाका लागि विदा हुनुभएको छ ।                                                                                                          शिक्षण अस्पताल महराजगंजमा उपचारको क्रममा उहाँको निधन भएको हो ।

स्वर्गीय लामा प्रती समर्पित हुँदै तामाङ समाज नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले यसरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

समुदायको “कर्मठ धरोहर” प्रति श्रद्धा सुमन !
——————————————-

समुदायको हक हित र अधिकारका लागि दाई संग धेरै भलाकुसरी गर्यो । प्रत्येक पटक नेपाल जॉदा दाई संग छलफल गर्ने विचार बोकी गयौ र छलफल पनि गर्यौ । समुदायको मुक्तिका लागि दाईको अडानले मलाई सधै उत्प्रेरणा मिल्यो । सम्झन्थे यो उमेरमा दाई यसरी सुनौलो सपनामा अडिक हुनुहुन्छ भने हामी र हाम्रो समुदायले किन बुझ्न नसकिएका होलान ? यहि कौतुहलता म संग रहि रह्यो र अझै कतिका दशक सम्म रहने हो । एउटा स्वच्छ छविका वाहक र कर्मठ धरोहरलाई आज गुमाउदा मैले मेरो परिवारका अग्रज गुमाएको महसुस् बोकेको छु । अव दाई संग भलाकुसरी गर्ने दिन त रहेन तर सदैव दाईको त्यो हौसला, जॉगर अनि अडानलाई कहिल्यै भुल्न सक्दिन र मेरो प्रेरणाको श्रोत बनाई राख्ने छु । हार्दिक श्रद्धा सुमन कमान सिंह दाई …………..       

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार