लिदि पहिरो पीडितलाई नाम्ग्याल रिन्पोछे फाउन्डेसन र हेल्पिङ ह्याण्डको राहत सहयोग

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, पेमा तामाङ
सिन्धुपाल्चोक जुगल गाउँपालिकास्थित लिदीका पहिरोपीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । नाम्ग्याल रिन्पोछे फाउण्डेशन र हेल्पिङ ह्याण्ड कपन गुम्बाको सक्रियतामा राहतस्वरुप सामग्री सहयोग गरिएको हो ।

जुगल गाँउपालिका १ स्थित बाँसखर्कमा रहेको अस्थायी आवास क्षेत्रमा पुगेर उक्त सहयोग हस्तान्तरण गरिएको फाउण्डेशनका सचिवालयले जनाएको छ । राहतस्वरुप प्रत्येक परिवारलाई चामल, दाल, तेल, चिनी, चियापति, नुन, नुहाउने साबुन, लुगा धुने साबुन, दाँत माझ्ने ब्रस, टुथपेष्ट, स्याम्फु र चकलेट हस्तान्तरण गरिएको छ ।

नाम्ग्याल रिन्पोछे फाउण्डेशन र हेल्पिङ ह्याण्ड कपन गुम्बाको सक्रियतामा प्रत्येक परिवारलाई ३० केजी चामल, ३ केजी दाल, १ लिटर तेल १ केजी चिनी, २०० ग्राम चियापति र १ केजी नुन सहयोग उपलब्ध गराएका थिए । त्यसै गरी लाइन्स क्लब अफ काठमाडौं चावहिलको सक्रियतामा व्यक्तिगत सरसफाइको लागि नुहाउने साबुन २ वटा, लुगा धुने साबुन २ वटा, दाँत माझ्ने ब्रस २ वटा, टुथपेष्ट १ वटा, स्याम्फु र चकलेट सहित प्याकेट राहत सामग्री वितरण गरिएको हो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा नाम्ग्याल रिन्पोछे फाउण्डेशन उपाध्यक्ष पूर्णसिंह लामा, कोषाध्यक्ष टासी लामा, स्वयम सेवक कृष्ण कुमार लामा, रिन्छेन तामाङ, लालकाजी लामा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा फाउण्डेशनका उपाध्यक्षले पूर्णसिंह लामाले संक्षिप्त प्रतिक्रिया दिदै ‘राहत स्वरुप हामीले सकेको केही सामग्री तपाईहरुलाई वितरण गरी दुःखमा साथ दिन आएको बताए ।’ वषौंदेखि पहिरो नगएको सुरक्षित वस्तीमा यति धेरै जनधनको क्षति हुने गरी पहिरो जानुमा गाउँदेखि तल रहेको राक्पलगान्धी (ब्रम्हयाणी) नदीमा सञ्चालित हाइड्रोपावरको प्रकृति विरोधी गतिविधि र २०७२ सालमा गएको भुकम्प मुख्य कारण रहेको बताए ।

साउन ३१ गते गएको पहिरोले लिदीका ३७ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएकामध्ये ३७ जनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन् ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार