यो वर्षको बिजयादशमी टीका र अन्य साइत यस्तो छ

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७७ को विजयादशमी लगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यो वर्षको आगामी कात्तिक १ गते शनिबारदेखि नेपालीहरुको महान चाड बडादशैँ शुरु हुँदैछ। घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको छ। यस बर्ष जमरा छर्ने साइत ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ

देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेष रूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ। हाल गुह्येश्वरी लगायत राजधानीका मुख्य शक्तिपीठमा भक्तजनलाई दर्शन गर्न दिइएको छैन।

दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ। यस दिन देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष गौतमले सुनाए। विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः११ बजेको साइत छ।विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ। सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ।

देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ। कोजाग्रत पूर्णिमा पनि कात्तिक १४ गते शुक्रबारकै दिन परेको छ। त्यस दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ। महालक्ष्मीको विशेष आराधना गर्ने भक्तजनले कोजाग्रत पूर्णिमाको व्रत बस्ने गर्छन् । मलमासका कारण यो वर्षको दशैँ कात्तिक १ गतेदेखि शुरु हुँदैछ । मलमास कै कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले बताए।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार