भुकम्प र पहिरोले पुरिएको जुगल ७ यङ्लाकोटको जलदेवी मन्दिर शिलान्यास

सिन्धुपाल्चोक, याङ्लाकोट
सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. ७ याङ्लाकोटमा अवस्थित पुर्खौँ देखि पुज्दै आएको जलदेवी मन्दिरको शिलान्यास गरेका छन्। सो मन्दिर २०७२ सालको महाभुकम्पका कारण ध्वस्त भएको थियो। त्यसपछि पनि वर्षातको समयमा पहिरो झर्दा झर्दा पुर्ण रुपमा पुरेर हराईसकेको थियो। याङ्लाकोटका स्थानीयहरुले जलदेवीमा वर्षौं देखि पुजा गर्दै आएको बताउँछन् । यस मन्दिरको नाम जलदेवी हुनुको कारण देविथानमै पानीको मुल छ।

पुरिएर हराईसकेको यो मन्दिरको पुनर्निर्माणका लागि स्थानीय वडा देखि नेता एवं युवाहरु स्वतस्फूर्त रुपमा अघि बढेका छन्। गत शनिबार नेपाली काँग्रेस सिन्धुपाल्चोकका पुर्व क्षेत्रीय सभापति जंग बहादुर लामाद्वारा यस मन्दिरको शिलान्यास गरेको छ। उहाँका अनुसार याङ्लाकोटमा बुद्धिस्टको संख्या धेरै भएपनी परापुर्वकाल देखि नै जलदेवीलाई पनि मान्दै आएकोले यसको धार्मिक एवं पौराणिक महत्व रहेको बताउनुहुन्छ। लामाले यस मन्दिरको स्थापनाको लागि सबै स्थानीय युवाहरु समेत एकजुट भएकोले सबैले सकेको आर्थिक मात्र नभै भौतिक सहयोगको लागि समेत जुट्ने पक्का भैसकेकोले छिटै मन्दिरले पुर्णत पाउनेमा ढुक्क रहेको बताए।

स्थानीय युवा समीर लामाका अनुसार यो वर्ष उक्त पुरिएको मन्दिर वरिपरि थुप्रीएको पहिरो हटाउन वडाबाट रु ३ लाख बजेट प्राप्त भएको बताए। जसबाट पहिरोको ढिस्काले पुरेर हराएको मन्दिर खोतल्न र चौर फराकिलो बनाउन खर्च गरेको हो। लामाले जन्मभूमि पोष्टलाई दिएको जानकारी अनुसार नजिकै रहेको भुकम्पबाट क्षतिग्रस्त ढुंगेधारा पुनर्निर्माणका लागि विगतका दिन देखि आफ्नै व्यक्तिगत खर्च गरेरै लागि रहेको बताए। त्यस्तै सो धारा अझै पूरा भैनसकेकोले स्थानीय युवा अन्य सम्पुर्णमा सहयोगको लागि हार्दिक अपिल समेत गरेका छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार