लिदि पहिरोमा ज्यान गुमाएकाको गाउँ मै पाचौं धुन्चे थुग्जेछेन्पो सामुहिक पुजा सम्पन्न

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल २ लिदि पहिरोमा अकालमा ज्यान गुमाएका ३९ मृतकको आत्माशान्तीको लागि ३५ दिने अर्थात् पाँचौ धुन्चे गाउँ मै सम्पन्न गरेका छन्। त्यस्तै बाह्रबिसे घुम्थाङमा पहिरोकै कारण मृत्यु भएकोहरुको समेत आत्माशान्ती पुजा संगै गरेको छ। गत १ गते सुरु गरि ३ गते समापन गरिएको उक्त पुजामा बौद्ध धर्म अनुसार स्थानीय लामा गुरुहरु सहित करिब २५ जना लामा गुरुहरु उपस्थित थिए। उहाँहरुद्वारा छ्योई मोलाम पाठ गरेका थिए। धुन्ची संगै ह्युल साङ (पवित्र) पुजाको लामा गुरु लोपेन रिन्चेन दोर्जे साङ्बोले नेतृत्व गरेका थिए। जहाँ स्थानीय छिमेकी गुम्बाथाङका लामा गुरु जन्देन दोर्जे लामा, ह्वङ्कुजेका आकाश लामा, हगामका फुर्वा लामा समेत सहभागी हुनुभएको थियो।

लिदिमा गत श्रावण ३० गते शुक्रबारको दिन गएको पहिरोको कारण अकालमा ३९ जानले आफ्नो जीवन गुमाउनु भएको थियो। त्यस्तै गरि बह्रबिसे नगरपलिका ५ जम्बु, नागपुजे र भिरखर्कमा पनि पहिरोकै कारण धेरै व्यक्तिहरुले आफ्नो ज्यान गुमाएका थिए। यस दु:खद घडीमा अकालमा मृत्यु भएको सम्पुर्ण व्यक्तिहरुको लागि बौद्ध धर्म संस्कार अनुसार चिरशान्ती बोधी लाभ मोक्षको लागि नेपाल बौद्ध ञिङमा झयाङ्तेर संघले यस पुजाको आयोजना गरेका हुन्। समाजसेवी सुब्बा स्याङ्बो, वीर बहादुर लामा, फुर्पा साङ्मो योल्मोपा, आकाश लामा लगायत अन्य आर्थिक सहयोग गर्नुहुने सम्पुर्णलाई यस पुण्यकार्यमा सहयोग दिनुभएकोमा नेपाल बौद्ध ङिङ्मा ज्याङ्तेर संघ तथा उपाध्यक्ष जन्तेन दोर्जे लामाले हार्दिक आभार प्रकट गराउनुभएको छ।

धेरै आफन्तहरु गुमाएको पीडा र कतिपय त्यस स्थानमा बस्न नसक्ने अवस्थाले गर्दा मृतकहरुको नाममा गाउँ मै बौद्ध परम्परा अनुसार गरिनुपर्ने धुन्चे र घेवा गर्न सकेका थिएनन्। बौद्ध धर्ममा मृत्यु पश्चात् धुन्चे र घेवा अनिवार्य गरिनुपर्छ। आफन्त गुमाएका पीडितहरुले आफ्नै गाउँ मै आत्मा शान्ति पुजा गर्न पाए हुने इच्छा व्यक्त गरेका थिए। यसै अनुरुप स्थानीय गोल्चे गाउँका समाजसेवी सुब्बा स्याङ्बोलाई सो कुराको आग्रह आएपछी उहाँ लगायत जन्देन दोर्जे, आकाश लामा र फुर्वा लामा लगायतको समन्वयमा लिदि गाउँ मै पाँचौ धुन्ची अर्थात् ३५ दिने आत्माशान्ती पुजा गरेको स्याङ्बोले बताए।

भवितव्य घटनामा परि मृत्यु हुनेहरुको आत्मा डर, त्रास  संगै मर्ने हुँदा गाह्रो हुने भएकोले धुन्चे गरेपछी त्यो डर बोक्नु नपर्ने लामा गुरुहरुको भनाई छ। यसरी भट्किएका आत्माहरुको नाममा ज्ञान प्राप्त लामा गुरुबाट पुजा मोह्लम पाठ गराई मन्त्र जब्दै धुन्चे गर्दा बाटो नपाएका आत्माहरुले सहि बाटो पाउने लामा गुरु जन्देन दोर्जे लामा बताउनुहुन्छ।

यो पुजा गर्न विभिन्न स्थानीय समाजसेवी, जुगल गाउँपलिका स्थानीय बुद्धिजीवी तथा समाज सेवीहरु, बिदेशमा कार्यरत (जिन्दक) जजमान ईष्टमित्रहरुले आफ्नो शुद्ध मनले रकम जुटाइ दिनु भएको सुब्बा स्याङ्बोले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो। दुर्गम सेवा समाज गुम्बा तथा नेपाल योल्मो महिला संघको केन्द्रिय अध्यक्ष फुर्पा योल्मो लामा योल्मोपाद्वारा २०,८००/- आर्थिक सहयोग प्राप्त भएको थियो। स्याङ्बोद्वारा सम्पुर्ण दानबिर व्यक्तिहरुमा हार्दिक आभार पनि प्रकट गर्नुभएको छ। त्यस्तै लिदिमा पुजा पाठ गर्ने खर्च कटाएर बचेको अन्य रकम र खाद्यान्न पीडितहरुलाई नै बाँडिदिएको उहाँले जानकारी दिनुभयो। जहाँ मृकत ११ परिवारलाई ६-६ हजारका दरले नगद र खाद्यान्न वितरण पनि गरेका थिए।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार