पहिरो पीडितलाई खाद्यान्न सहयोग गर्दै माईती नेपालले भनें “महिला र बालबालिका उच्च जोखिममा देखियो”

पिडित महिला तथा बालबालिकाको लागि माईती नेपालले विशेष योजना सहित विभिन्न तालिमहरुको व्यवस्था गर्ने।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, बाँसखर्का
लिदि पहिरो पिडितहरुलाई माईती नेपालले खाद्यान्न सहयोग गरेको छ। अस्थायी बस्ती बाँसखर्कामा हिजो संस्थाका अध्यक्ष बिश्वराम खड्का आफैं पनि राहत सहयोग लिएर पुग्नुभएको हो। उहाँ सहित जुगल नेपाली काँग्रेसका नेतागण तथा नेपाल तरुण दल सिन्धुपाल्चोकको नेताहरुको पहल र सन्वयमा सो सहयोग पीडितलाई हस्तान्तरण गरिएको छ। चामल, दाल, नुन, तेल लगायत खाद्यान्नको प्याकेज एकद्वार प्रणाली मार्फत समितीलाई बुझाएको हो।

जुगल गाउँ पालिका नेपाली काँग्रेसका प्रत्यासी उम्मेदवार जय बहादुर लामा र नेपाल तरुण दल जिल्ला कोषाध्यक्ष निमा जङ्बु शेर्पाले सहयोगी संस्था माईती नेपाललाई सहयोगको लागि हार्दिक आभार प्रकट गर्नुभयो। यो विपतको समयमा पीडितलाई माईती नेपालले गरेको सहयोगको उच्च कदर गरेको उहाँहरुको भनाई थियो।

स्थानीय पीडित महिलाहरुले पुरानो थाकथलो छोडी अस्थायी ठाउँमा आउनुपरेको र दैनिकी जीवन धान्न केही शिपमुलक तालिम पाए राम्रो हुने धारणा राख्छन्। हाल केही राहत स्वरुप खाद्यान्न पाए पनि दीर्घकालीन रुपमा जीवन धान्न कठिन रहेकोले सम्बन्धित निकायहरु संग उनिहरुको यस्तो माग छ।

महिला तथा बालबालिकाको लागि विशेष काम गर्दै आएको माईती नेपालका अध्यक्ष खड्क प्रत्यक्ष रुपमा पिडित महिला अनि बालबालिका संग कुराकानी समेत गर्नुभयो। उहाँले त्यहाँको पिडित संग नजिकबाट बुझ्ने क्रममा महिला एवं बालबालिका उच्च जोखिममा रहेकोले तत्काल सरकारले विशेष योजनाका साथ अघि बढ्नु पर्ने देखिएको उहाँको ठम्याई रह्यो। त्यस्तै आफ्नो संस्थाबाट व्यवसायीक एवं विभिन्न सिपमुलक तालिमको समेत व्यवस्थाको लागि तुरुन्तै पहल थाल्ने भनाइ उहाँको थियो। साथै विपतको समयमा परिवार घुमाएका चेली, बालबालिकाहरुलाई आर्थिक प्रलोभन देखाई हुन सक्ने सम्भावित जोखिम प्रती माईती नेपाल अत्यन्तै संवेदनशील रहेको समेत बताउनुभयो। भिडियो;

अन्य तस्वीरहरु;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार