सिन्धु घेदुङले लिदि पहिरो मृतकको दशौं अवतार रिपोन्छेद्वारा सामुहिक  धुन्चे गरे (भिडियो सहित)

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकद्वारा लिदि पहिरोमा परि अकालमा ज्यान गुमाएका ३९ जनाको नाममा बौद्ध परम्परा अनुसार ७ दिने धुन्चे सम्पन्न गरेको छ। बालाजु  रानीबन स्थित ढुक्प कग्यु गुम्बामा दशौ अवतार तथा धर्म गुरु घोसर टुल्कु रिन्पोछेद्वारा सो पुजा गरिएको हो।

जिल्ला घेदुङका अध्यक्ष रेशम स्याङ्बोको पहलमा जुगल गाउँ पालिकाकै स्थानीय एवं आदिवासी जनजाती महासंघ जिल्ला सिन्धुपाल्चोकका महासचिव मिलन तामाङको परिवार, गोल्चेका नरेन्द्र लामा र मंगलि तामाङको सहयोगमा धुन्चे पुजा सम्पन्न भएको हो। बौद्ध परम्परा अनुसार टुल्कु रिन्पोछेबाट गरिएको आत्मा शान्ति पुजा अर्थात धुन्चेबाट अकालमा दिवंगत हुनुभएकाको आत्मा स्वर्गमा पुग्छ भन्ने बिश्वास रहि आएकोले सो पुजा ७ दिनमा सम्पन्न गराईएको अध्यक्ष रेशम स्याङबो बताउनुहुन्छ।

बौद्ध परम्परामा बिश्वास गर्ने धर्मवलम्बीहरुले धर्म गुरु अर्थात लामा गुरुहरुबाट पुजा मोह्लाम पाठ गराई मन्त्र जब्दै सेतो कागजमा लेखिएको मृतकहरुको नाम लेखेर आगो लगाउने चलन छ। यसरी गरिनुको कारण हामी मानिस भवितव्य घटनामा पर्दा एक किसिमको त्रास, डर संगै मर्ने हुँदा गाह्रो हुने भएकोले धुन्चे गरेपछी त्यो डर बोक्नु नपर्ने लामा गुरु रिन्पोछेको भनाई छ।

भट्किएका आत्माहरुको नाममा ज्ञान प्राप्त लामा गुरुबाट धुन्चे गर्दा बाटो नपाएका आत्माहरुले सहि बाटो पाउने र प्रत्येक ७-७ दिनमा ७ पटक अर्थात ४९ दिने धुन्चे सकिने जनजाती महासंघ सिन्धुपाल्चोकका महासचिव मिलन लामा भन्नू हुन्छ।

गत श्रावण ३० गते अन्दाजी बिहान ६ बजेर ४५ मिनेटको समयमा टोलकै माथिबाट भीषण पहिरो झर्दा ३९ जना बेपत्ता भएका थिए भनें ५ जना गम्भीर घाइते हुनुभएको थियो। बेपत्ता मध्ये ३० जनाको लास फेला पारिसकेको छ भनें ९ जनाको लास अझै भेटिएको छैन। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीयहरुले खोजिकार्य जारी राखेका छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार