मर्शी मिसनको पहलमा पहिरो पिडित ७० परिवारलाई त्रीपाल र ब्ल्याङकेट वितरण

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, बाह्रबिसे
मर्सी मिशन मिडियाको पहल तथा स्थानीय पत्रकारहरुको समन्वयमा नेपाल ख्रीष्टियन समाज, नेपाल ख्रीष्टिय राहत सेवा तथा सुरक्षित परिवार नेपालको विशेष सहयोगमा बाढी पहिरो पिडित ७० परिवारलाई ब्ल्याङकेट र त्रीपाल वितरण गरेका छन् । शुक्रबार स्थानीय अगुवा रोशन श्रेष्ठको सहयोगमा गोरखापत्रकर्मी चित्र मिजार र कान्तिपुरकर्मी अनिश तिवारीबाट विस्थापीतबारे सम्पूर्ण विवरण आएपछि राहत जुटाईएको मर्सी मिशन मिडियाका प्रबन्ध निर्देशक निरोज तोलाङेले बताउनुभयो । उहाँले अझै थप सहयोगको लागि कस्सिरहेका जानकारी दिनुभयो ।

अविरल वर्षात कारण पहिरो जादा विस्थापीत बाह्रबिसे नगर र भोटेकोशी गाउपालिका पिडित परिवारहरुलाई सो राहत वितरण गरिएको हो ।

दुर्गम क्षेत्र बाह्रबिसे नगर कर्थली, कसेरी, आरुचे, डाडकटेरी, हुण्डुङ र भिरखर्कका १९ र भोटेकोशीको लिस्तिकोट, ट्याङथली र बुल्कुटेका ५१ परिवारलाई ती सामाग्री नेपाली कांग्रेस क्षेत्र १ का सभापति बालकृष्ण बस्नेतले बाडे ।

सभापति बस्नेतले सरकार निमुखा साबित भइरहेको बेला संस्था र संञ्चारकर्मीले खेलेको भुमिका सह्रानिय भएको भन्दै धन्यवाद ज्ञापन गरे । हामी व्यक्तिगत र संस्थागत रुपमा सहयोगमा जुट्नेछौ, अहिले जुटिरहेका छौ, उनले भने ।

सहयोग पाएपछि हर्षित भएका बाह्रबिसे नगर कर्थलीका विस्थापीत गोपाल विकले थप सहयोगको लागि गुहारे । “यसले थोरै भनेपनि मलमको काम गरेको छ, तर हाम्रो समस्या बर्खाले झनै बढाएको छ, सहयोगी सबैलाई धन्यवाद छ,”उनले भने ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार