युवा नेता रेशम स्याङ्बो त्रीपाल लिएर पुगे जुगल पहिरो पिडित गाउँमा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ को विकट गाउँ नाम्फामा युवा नेता रेशम स्याङ्बो त्रीपाल लिएर पुग्नुभएको छ । गएको २६ गते राती परेको अविरल वर्षातका कारण झरेको पहिरोबाट बस्ती छोडेर विस्थापित हुनुपरेको गाउँलेहरुलाई बासस्थानको समस्या भएकोले अहिलेलाई राहत स्वरुप त्रीपाल वितरण गर्न उहाँ पुग्नुभएको हो । स्याङ्बो जुगल गाउँ पालिकाका तत्कालीन माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार, नेकपा जिल्ला सदस्य र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । युवा नेता स्याङबाे र राष्ट्रिय युवा संघ नेपाल जुगलका संयोजक फुलकाजी स्याङ्बो (वानपिस) सहितले ७० थान त्रीपाल बोकेर नै नाम्फामा पुग्नुभएको थियो । विपत को समयमा जोखिम बस्ती नाम्फाका ७० घरधुरी लाई ७० थान त्रिपाल वितरण गर्नु भएको छ । त्यस्तै गरि सन्चगाउँमा पनि जोखिमको अवस्था अवलोकनका लागि उहाँहरु पुग्नुभएको थियो ।
प्रकृतिले दिएको यो पिडामा सकेको सहयोगको लागि आफू अघि सरेको स्याङ्बो बताउनुहुन्छ । सहयोग सानो या ठूलो भन्दा पनि अहिले आवश्यक के छ त्यो हामीले गर्नुपर्ने भनाइ उहाँको छ । जुगलको मात्र नभै अन्य विकट गाउँहरुमा भएको यस्तै प्राकृतिक विपत्तिहरुमा यथासम्भव भएसम्म राहत र उद्धारको लागि सरकारको मात्र मुख ताकेर नबसी सबै मिलिजुली लागि पर्नुपर्ने नेता स्याङ्बो बताउनुहुन्छ । त्यस्तै मनले चाहेर राहत तयार पारेपनी बाटो र जनशक्तिको अभावमा पिडितहरु सम्म राहत समयमा नपुग्नेगरेको उहाँको भनाई छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार