मेलम्ची आयोजनाले हरर ट्रेलर देखाईयो – माननीय निमा लामा

सिन्धुपाल्चोकमा मृत्यु, बेपत्ता र विस्थापितहरुको छिटोभन्दा छिटो उद्धार, खोजी र व्यवस्थापन हुनुपर्छ ।

  प्रीतम कुमार तामाङ

हेटौंडा
सिन्धुपाल्चोकबाट निर्वाचित बाग्मती प्रदेशका सांसद निमा लामाले आइतबार सम्पन्न प्रदेश सभा बैठकको बिशेष समयमा सिन्धुपाल्चोकमा घटेको दु:खद घटनाको बारेमा ध्यानाकर्षण गराउनुभएको छ । लामाले बाह्रबिसेको जम्बु, खाग्दल, बुल्कोट र भोटेकोसी फुल्पिङ र जुगलमा आएको बाढी र पहिरोमा मृत्यु, बेपत्ता र विस्थापितहरुको छिटोभन्दा छिटो उद्धार, खोजी र उचित राहत व्यवस्थापनको लागि जोडदार माग गर्नुभएको हो । उहाँले बाह्रबिसे र भोटेकोसीको घटनाको आफै र संसदिय दलका नेता सहित पुगेर स्थलगत अनुगमन र लार्चा ड्राईपोर्टमा आश्रय लिरहेका विस्थापित पिडितहरुलाई नगद सहयोग गरेर आएको स्मरण गराउनुभयो । साथै ती स्थानीय तहहरुमा भएको पिडितहरुलाई प्रदेश सरकारले घोषणा गरेको राहतको प्रशंसा पनि गरे ।

लामाले प्रदेश सदनमा बिशेष गरि मेलम्ची खानेपानी आयोजना र खानेपानी मन्त्रीको रवैयाको खुलेर बिरोध गर्नुभएको छ । उहाँले ढोल फुकेर भाइरल हुन खोज्ने खानेपानी मन्त्रीका कारण मेलम्ची आयोजनामा नसोचेको घटना घटेको बताउनुभयो । थप्दै सुरुवात मै मेलम्ची आयोजनाले हरर मुभिको ट्रेलर देखाएको जानकारी गराउनुभयो । सिन्धुपाल्चोकका जनप्रतिनिधि र जिम्मेवार स्थानीय तहहरुलाई समेत कुनै चासो नदिई बेवास्ता गरिनु दु:खद भएको उहाँको ठम्याई छ । “लकडाउन अवधीमा काम नगर्नु भन्दाभन्दै जबर्जस्ति काम गरियो, राम्रो काम भयो होला भनेंको यस्तो कमसल काम भैरहेको रहेछ ।” उहाँले खानेपानी मन्त्री तर्फ इंगित गर्दै ड्युटीमा खटिएका ईन्जिनियर र सवारी चालकको मृत्यु हुँदा समेत किन चुपचाप छन् ? भन्दै प्रश्न गर्नुभएको छ । यस्तै पारा हो भनें मेलम्चीमा घटेको घटनापश्चात् सो खोलादेखी तलतिरको जनधनको सुरक्षा र ग्यारेन्टी कसले लिने भन्दै अर्को प्रश्न पनि गर्नुभएको छ ।

अन्तिममा बुद्धभुमि, शान्ति भुमी अनि अहिंसाको तपोभुमी हेलम्बुमा खानेपानी सुरुङ उद्घाटन गर्ने समयमा जबर्जस्ति बोका बलि दिएको बारेमा असन्तुष्टि जनाउँदै बिना सुरक्षा किन सुरुङमा पानी पठाईयो ? छानबिन हुन आवश्यक रहेको उहाँको माग छ । त्यसैगरी मेलम्ची प्रभावितलाई रोयल्टी सुनिश्चित गरेर मात्र पानी पठाउन पनि माग गर्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार