सामाजिक संजाल तताएको यो तस्वीरवाला को होला ? चौतर्फी कारबाहीको व्यापक माग

टिकटक देखि ट्रोलमा हिट भएको छ यो तस्वीर, के सरकारले यो व्यक्ति पहिचान गरि कारबाही गर्लान् ?

  जन्मभूमि संवाददाता

काठमाडौं
यो फोटोले शुक्रबार देखि सामाजिक संजाल चलाउने नेपालीहरुको माझमा निकै चर्चा कमाएको छ । दृश्य हेर्दा काठमाडौ यो स्थान कोटेश्वर देखि जडिबुटी बिच तिरको देखिन्छ । सरकारी नम्बरप्लेट रहेको बाईक नं. प्रदेश ३, ००१ ब. १४१२ रहेको छ ।

किन यो फोटो एकाएक भाइरल भयो भन्ने कुरा सबैले सजिलै अनुमान लगाउन सकिन्छ । पछिल्लो चरण सरकारी सवारी साधनहरुको निजि प्रयोजनमा व्यापक दुरुपयोग भैरहेको खबरहरु आईरहँदा अर्को प्रतिनिधि मुलक तस्वीरको रुपमा यो फोटोलाई लिन सकिन्छ । यो तस्वीरको मोटरसाइकल कुनै सरकारी निकायको हो । जसमा आफ्ना नजिकका व्यक्तिलाई सानका साथ कतै डेटिङ जानको लागि हिँडिरहेको जस्तो देखिन्छ । जसबाट स्पष्ट हुन्छ कि नेपालमा पछिल्लो समय जनताको करको सदुपयोग कसरी हुँदै छ भनेंर ?

केही मिनेट भित्रै यो फोटो यति धेरै सामाजिक संजाल चलाउनेहरु बिच पुग्यो कि यो हावाको रुपमा फैलियो । धेरैले यो सवारीको दुरुपयोग गर्नेलाई पहिचान गरि कानुनी कारबाही गर्न माग गरेका छन् भने कतिपयले टिकटक अनि फेसबुक ट्रोलहरु बनाईरहेका छन् । त्यस्तै कतिपयले सक्कली फोटो अर्कै हो भन्दै हालिरहेका छन् । के यो सवारीचालकको पहिचान गरि अनुसन्धान गरिएला ? साँच्चै यो फोटो सत्य हो भनें कारबाही होला त ? यो भनें आज शनिबार भएकोले भोलि आईतवार सम्ममा पत्ता लाग्ला नै ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार