जम्बु बाढीमा गम्भीर घाइते १९ वर्षीय श्रीमान श्रीमतीलाई योन्जन दाजुभाइले जग्गा सहित घर बनाईदिने

पहिरो पिडितको उद्धार अनि सेवामा निरन्तर खटिँदै दुई दाजुभाई

सिन्धुपाल्चोक
जिल्लाको दुई युवा नेता दाजुभाइ पहिरो पीडितहरुको उद्धार र सेवामा एकै ठाउँमा उभिदै आएका छन् । सिन्धुपाल्चोक जुगल गाउँ पालिकाका वडा नं. ५ बराम्चीका दुई दाजुभाई राजेन्द्र लामा (दोर्जे योन्जन) र बाह्रबिसे नगरपालिका ८ बस्दै आएका सुरेन बिक्रम योन्जन सिन्धुपाल्चोकका बाढी पहिरो पिडितहरुको सेवामा निरन्तर जुट्दै आईरहेको छ । दोर्जे दाई हुन भनें सुरेन उहाँको आफ्नै भाई हुन् । दोर्जे नेपाली काँग्रेसका भातृसंगठन नेपाल तरुण दल सिन्धुपाल्चोकका जिल्ला उपाध्यक्ष हुन् भनें सुरेन पार्टीका कृयशिल सशक्त युवा नेता हुन् । सुरेन भनें विगत केही वर्ष देखि बसाईसराई गरि स्थायी रुपमा बाह्रबिसे नगरपालिका वडा नं. ८ मानेश्वारा घुमाङकोट बस्दै आउनुभएको छ । विगत देखि नै यी दुवै दाजुभाइ समाजसेवामा सकेको सहयोग गर्दै आईरहेको थियो झन अहिलेको अवस्थामा आफ्नै आँखा अगाडी आफन्तहरु पिडामा परेको हेरेर बस्न सक्ने कुरै भएन ।

जम्बु पहिरो पीडितलाई उद्धार राहत सामाग्री पुर्याउँदै सुरेन बिक्रम योन्जन

यस्तैमा गत २५ गते देखि सिन्धुपाल्चोकमा लगातार एकपछी अर्को स्थानहरुमा बाढी पहिरोका कारण धेरै धनजनको क्षति भैरहेको छ । हजारौं जनताहरु घरबार बिहिन भैसकेका छन् । धेरै क्षति बाह्रबिसेको जम्बु क्षेत्रमा भए भनें भोटेकोसी र जुगलका केहि वडाहरु पनि पिडित भएका छन् । सुरेन लगातार जम्बु बाढी पहिरो पिडितलाई उद्धार गर्ने देखि व्यवस्थापन गर्न खटिरहनुभएको छ । त्यस्तै दोर्जे जुगल गाउँ पालिकाको अति विकट मानिने लिदि, नाम्फा जस्ता गाउँमा गएको पहिरोले विस्थापित स्थानीयहरुलाई हेलिकप्टर मार्फत त्रीपल पठाएर ठूलो राहत पुर्याउनुभएको छ । साथै सुरेन बिक्रमको समन्वयमा राजेन्द्र लामा (दोर्जे) ले बाह्रबिसे जम्बुमा आफ्ना परिवार र घर समेत गुमाएका घाइते सुबेस तामाङ (साईला) को उपचारको लागि नगद रु. १५०००/- (पन्ध्र हजार ) बाह्रबिसे नगरपालिका उपमेयर सुशिला पाख्रीन मार्फत दिनुभएको छ ।

पहिरो पीडितका लागि नगद राहत उपप्रमुख शुसिला पाख्रीन मार्फत हस्तान्तरण गर्दै राजेन्द्र लामा (दोर्जे)

सुरेन बिक्रम योन्जनले जन्मभूमि पोष्टलाई दिनुभएको  जानकारी अनुसार २५ गतेको जम्बु बाढी र पहिरोबाट पुर्ण रुपमा घर र जग्गा सहित परिवारका दाई र बहिनी गुमाउन पुगेका १९ वर्षीय सुबेस तामाङलाई दुवै दाजुभाइ मिलेर आफ्नै जग्गा कित्ता काटेरै घर बनाईदिने प्रतिवद्धता जनाउनुभएको छ । वर्षात सकिएर सडक खुल्न साथ हामी तुरुन्तै उहाँहरुले ईच्छाएको दुई मध्ये एक ठाउँमा घर बनाईदिहाल्नेछौं, सुरेन बताउनुहुन्छ । यसरी जग्गा सहित घर नै बनाईदिने भएपछि आफुहरुको पीडा कम भएको महसुस गरेको सुबेसको श्रीमतीले जन्मभूमि पोष्टलाई फोन मार्फत सुनाउनुभयो ।

अवरुद्ध कोदारी राजमार्ग खुलाउने क्रममा फिल्डमा खटिँदै सुरेन

पिडित तामाङ र उनको श्रीमतीको लागि बाह्रबिसे नगरपालिका वडा नं. ८ मानेश्वारा घुमाङकोट वा कार्तिके बेशीमा सुरेन बिक्रम योन्जनकै जग्गामा कित्ता काट गरेर दोर्जे र सुरेनले व्यक्तिगत लगाानी मै घर बनाईदिने प्रतिवद्धता पिडित सुबेस तामाङलाई जनाई सक्नुभएको छ । पिडित सुबेसको बुबाआमा सानैमा स्वर्गवास भैसक्नुभएको छ भने २५ गतेको भीषण बाढी र पहिरोमा दाइ लक्ष्मण तामाङ र बहिनी सुनमाला तामाङ बेपत्ता छन् । अहिले परिवारमा उनको १९ वर्षीय श्रीमती र उहाँ मात्र बाँच्न सफल हुनुभएको थियो । अहिले सुबेस ह्याम्स अस्पतालमा उपचार गराईरहनुभएको छ ।

घाइतेको उपचारका लागि सुरेनको नेतृत्वमा संकलित राहत रकम बाह्रबिसे नगर प्रमुख निमफुन्जो शेर्पा मार्फत हस्तान्तरण गर्दै

राजेन्द्र लामा (दोर्जे) का अनुसार त्यस्तै पीडामा मात्र एक नभै देश बिकासमा पनि युवाहरु एक हुन जरुरी रहेको बताउनुहुन्छ । राजनीतिक रुपमा होस या धार्मिक भाषिक रुपमा । आस्था फरक भएपनी बिकास र पिडामा एकै ठाउँमा उभिन सक्नुपर्छ । हुनेले हुँदा खानेलाई मनै देखि सकेको सहयोग गर्नसक्नु पर्छ भन्नुहुन्छ । यस्तै पिडितहरुका लागि उहाँहरुले सकेको सहयोगको लागि नरोकिने समेत स्पष्ट पार्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार