श्रावण १ देखि सवारी साधनमा नयाँ नियम

  जन्मभूमि संवाददाता

काठमाडौं
करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्न सूचनाडौं जारी गरेको छ ।

विभागले असार २१ गतेदेखि अनलाइन फाराम खुला गरेको छ । विभागको वेबसाइटमा गई इम्बोस्ड नम्बर प्लेट प्रणालीमा प्रवेश गरी अनलाइन फाराम भर्न सकिने जनाएको छ । दुई पाङ्ग्रे सवारीका लागि दुई हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । तीन पाङ्ग्रे सवारीका लागि दुई हजार नौ सय रुपियाँ, चार पाङ्ग्रे तथा मझौला सवारीका लागि तीन हजार दुई सय रुपियाँ र ठूला सवारीका लागि तीन हजार छ सय रुपियाँ शुल्क तोकिएको छ ।

दुई पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय गुर्जुधारा, तीन पाङ्ग्रे र साना तथा मझौला चार पाङ्ग्रे सवारीका लागि सवारी परीक्षण कार्यालय टेकु, ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग मीनभवन तोकिएको छ । इम्बोस्ड नम्बर जडानका लागि हालसम्मको राजस्व चुक्ता भएको हुनुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । यो समाचार गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार