काठमाडौं
कोरोना भाइरसको कारण यो वर्षको एसईई परीक्षा सन्चालन नगरी आन्तरिक मुल्यांकन गरेर नतिजा दिने सरकारले निर्णय गरेको थियो । एसईई जस्तै कक्षा ११ को बोर्ड परीक्षा पनि सञ्चालन नगर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयतहमै मुल्यांकन गरेर प्रमाणिकरण गरिने निर्णय गरेको जानकारी दिएको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षता गत शुक्रबार बसेको बैठकले राष्ट्रिय पाठ्यक्रम तथा विकास तथा मूल्यांकन परिषदको बैठकले परीक्षा विद्यालय तहमै सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । बिज्ञप्तिमा विद्यार्थीको अन्तिम मुल्यांकन विद्यालयलाई गर्न दिने जिम्मेवारी समेत सुम्पेका छन् ।
विद्यालयले विद्यार्थीको मुल्यांकन गर्न राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि जारी गरेको छ । कार्यविधिकै आधारमा अंक प्रदान गर्ने जानकारी दिइएको छ भनें १२ को परीक्षा भनें बोर्डले नै सन्चालन गर्ने बताईएको छ ।