प्रकाशको “क्याम्साङ गैरीला” टिकटक र युट्युबमा हिट

गायक प्रकाशको यो भन्दा अघिका सेलो गितहरु पनि श्रोता दर्शक माझ हिट छन् ।

  प्रीतम गोले तामाङ

काठमाडौं
करिब ३ महिनाको बन्दाबन्दीले व्यापरिक क्षेत्रलाई मात्र हैन कि सांगीतिक क्षेत्रलाई पनि ध्वस्त पारियो । हजारौं संगित क्षेत्रमा लागेका कलाकारहरु ठूलो मारमा परे । धेरै गित संगितहरु तयार भएर पनि सार्वजनिक गर्न समेत पाएनन् । जब करिब ३ महिनाको लकडाउन केही खुकुलो भयो केही गितका भिडियो बजारमा आउन थाल्यो । धेरै महिना नयाँ गित संगित सुन्न अनि भिडियो हेर्न नपाएका दर्शकहरुका लागि पनि प्रतीक्षाको त्यो सांगितिक कोसेली सुनमा सुगन्ध हुने नै भैहाल्यो ।

यस्तैमा मकवानपुरे लोकप्रिय गायक प्रकाश तितुङ तामाङ र लोकप्रिय गायिका जितु लोप्चनको स्वरमा सझिएको तामाङ सेलो गित “क्याम्साङ गैरिला” को स्टुडियो भिडियो एक हप्ता अघि सार्वजनिक भए । जुन गितलाई एक हप्ताकै अन्तरालमा लाखौं वरपर दर्शकले मन पाराउन सफल भएको छ । जुन गित अहिले यो समाचार तयार पार्ने बेला सम्ममा ८७००० भ्युज पाउन सफल भैसकेको छ । गितलाई टिकटकमा समेत धेरैले रुचाएको टिकटक भिडियोहरुमा यो गित घन्किनुले पनि पुष्टि गरेको छ ।

शब्द संगित प्रकाश कै रहेको यस गितलाई मिक्सिङ दिपेश प्रधानले गरेको हो भने एरेन्ज फनिन्द्र राईले गरेका छन् । भिडियो छायांकन, सम्पादन, कलरिङ जिग्मे मिडियाका सुर्य लामाले गरेका हुन् । भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार