स्थानीय चुनावका उम्मेदवारले मनोनयन दर्ता गर्दा के-के चाहिन्छ ? याद गर्नुहोस्

काठमाडौं बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समय आज अन्तिम रहेको छ । उम्मेदवारहरुले मनोनयन दर्ताका क्रममा चाहिने कागजपत्रका बारेमा निर्वाचन आयोगले प्रष्ट पारेको । जसमा गाउँपालिका, नगरपालिकाको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नु पर्ने कागजातहरु यस्ता छन्...

जुगलमा गठबन्धनको टुंगो लाग्यो

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँ पालिकामा स्थानीय निर्वाचनमा गठबन्धन हुने भएको छ । सत्ता पक्षका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बीच गठबन्धन हुने टुंगिएको जुगल गाउँ पालिका नेपाली काँग्रेसका सभापति सगुन श्रेष्ठले जनाए । श्रेष्ठका अनुसार नेकपा माओवादी केन्द्रले गाउँ पालिका अध्यक्ष सहित ३ वडा, ...

षड्यन्त्र गरेर टिकट खोसियो, पार्टी त्यागेको घोषणा गर्दछु – एमाले त्रीपुरासुन्दरी गाउँ पालिका अध्यक्ष श्रेष्ठ

सिन्धुपाल्चोक जिल्लाको त्रीपुरासुन्दरी गाउँ पालिका एमालेका अध्यक्ष भुपेन्द्र श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले बैशाख ३० मा हुने स्थानीय तहको चुनावमा आफु गाउँ पालिका अध्यक्ष पाउनुपर्ने बलियो उम्मेदवार रहेकोमा षडयन्त्र गरेर झुटको आरोप लगाई टिकट खोसिएको कारण पार्टी त्याग गरेको फेसबुक मार्फत जनाएको छ ...

एमाले सिन्धुपाल्चोकले टुंग्याए १२ स्थानीय तहको उम्मेदवार

सिन्धुपाल्चोक नेकपा एमालेले जिल्लाको १२ स्थानीय तहको प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको नामवली सार्वजनिक गरेको छ । एमालेले यहि बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनका लागि तिव्र तयारी संगै प्रचारप्रसारलाई समेत अगाडी बढाईरहेको छ । एमालेले टुंगो लगाएका नामावली यसप्रकार छन् ; १) भोटेकोसी गाउँ पालिका ; अध्यक्ष ...

वरिष्ठ नेता जय बहादुर लामा सहित २ वडा अध्यक्ष काँग्रेस छाडी एमाले प्रवेश

सिन्धुपाल्चोक नेपाली काँग्रेसका तर्फबाट २०७४ को स्थानीय चुनावका जुगल गाउँ पालिका अध्यक्षका प्रत्यासी उम्मेदवार वरिष्ठ नेता जय बहादुर लामा एमाले प्रवेश भएका छन् । उनी संगै दुई निर्वाचित वडा अध्यक्ष द्वय वडा नं. ३ का वडा अध्यक्ष सानुकान्छा तामाङ र वडा नं. ५ का सनत अधिकारीले पनि आजै काँग्रेस त्यागेर एमालेमा लागेका छन् । ...

बाह्रबिसे-९ का सिंगो थामी बस्ती नेपाली काँग्रेस प्रवेश, पुर्व मन्त्रीद्वारा भव्य स्वागत

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ९ को सिंगो थामी बस्ती नै नेपाली काँग्रेस प्रवेश भएको छ । नव प्रवेशीहरुलाई नेपाली काँग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहनबहादुर बस्नेत, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महाधिवेशन प्रतिनिधि विष्णु खत्री लगायतको उपस्थितिमा भव्य स्वागत गरेको छ । ...

स्थानीय चुनावमा निर्वाचन आयोगले उम्मेदवारका लागि तोकिएको कागजपत्र के-के हुन् ?

काठमाडौं बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उठ्ने विभिन्न पदका उम्मेदवारका लागि निर्वाचन आयोगले आवश्यक कागज पत्र तोकिएको छ । आयोगले तोकिएको कागज पत्रमा वडा अध्यक्ष र वडा सदस्यले नेपाली नागरिकताको प्रतिलिपी, धरौटी राखिएको बैंक भौचर वा नगदी रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रधान गरेको औपचारिक पत्र र सम्बन्धित वडाक...

स्थानीय तहको चुनावमा उठ्ने कुन उम्मेदवारका लागि कति धरौटी लाग्छ ?

काठमाडौं निर्वाचन आयोगले बैशाख ३० गते हुने चुनावमा उठ्ने विभिन्न पदका उम्मेदवारका लागि धरौटी रकम तोकिएको छ । आयोगले तोकिएको धरौटी रकममा स्थानीय तहका अध्यक्ष वा उपाध्यक्षले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने छ । त्यस्तै, वडा अध्यक्षले एक हजार रुपैयाँ (१५००) र सदस्यले पाँच सय रुपैयाँ (५००) धरौटी राख्नुपर्ने हुन्...

सिन्धुपाल्चोकका सत्ता गठबन्धन दलहरुको बैठकले गरे यस्तो निर्णय

सिन्धुपाल्चोक जिल्लाका सत्ता गठबन्धन दलहरुको बैठक चौतारामा सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला सभापति जंग बहादुर लामाको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली, एकीकृत समाजवादीका अध्यक्ष नवराज पौडेल र माओवादी केन्द्रका सह-ईन्चार्ज प्रेम सापकोटा बीच पछिल्लो र...

कंचनपुर क्षेत्र नं. १ काँग्रेसले गठबन्धन नगर्ने निर्णय गर्दै केन्द्रलाई काट्यो पत्र

कंचनपुर स्थानीय चुनाव हुन महिना दिन मात्रै बाँकी रहेको बेला काँग्रेस केन्द्रिय कार्यसमिति नै हल्लिने निर्णय कंचनपुर क्षेत्र नं. १ बाट आएको छ । कारण, कंचनपुर १ नं. क्षेत्रले केन्द्र र जिल्लाले गरेको गठबन्धन स्विकार्य नभएको भन्दै कुनैपनी पार्टी संग गठबन्धन नगर्ने निर्णय गरेको हो । गठबन्धनको कुरालाई लिएर क्षेत्र नं. १...