टुमराज कोइरालाको ‘रचनात्मक पत्रकारिताः हाते पुस्तक’ सार्वजनिक

"नेपालमा पहिलो पटक रचनात्मक पत्रकारिता विषयक पुस्तक प्रकाशित"

  प्रितम कुमार तामाङ

ललितपुर
नेपालमा पहिलो पटक रचनात्मक पत्रकारिताबारे तयार गरिएको पुस्तक ‘रचनात्मक पत्रकारिताः हाते पुस्तक’ सार्वजनिक भएको छ । पत्रकार तथा अध्येता टुमराज कोइरालाद्वारा लेखिएको पुस्तक बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयमार्फत यसै सातादेखि पाठकका लागि उपलब्ध भएको हो ।

सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार पुस्तकले समाजमा बढ्दो निराशा र नकारात्मक समाचारको प्रभावलाई न्यूनीकरण गर्दै पत्रकारितामाथिको विश्वास पुनःस्थापित गर्ने उद्देश्य लिएको छ । विश्वका विभिन्न मुलुकमा अभ्यास भइसकेको रचनात्मक पत्रकारिता अब नेपालमा पनि आवश्यक रहेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले पुस्तकले नेपाली पत्रकारलाई नयाँ दृष्टिकोण दिने र पत्रकारिता अध्ययनरत विद्यार्थीलाई उपयोगी मार्गदर्शक हुने विश्वास व्यक्त गरेका छन् ।

यस पुस्तकमा अन्तर्राष्ट्रिय रचनात्मक पत्रकारिता अभ्याससँग सम्बन्धित व्यक्तिहरूका भूमिकासमेत समावेश छन् । सोलुसन जर्नालिज्म नेटवर्क की सह–संस्थापक तथा पुलित्जर पुरस्कार विजेता टिना रोजेनबर्गले नेपालमा समाधान पत्रकारिता अवधारणामात्र नभई अभ्यासमै प्रवेश गरिसकेको उल्लेख गरेकी छिन् । त्यस्तै, कन्स्ट्रक्टिभ इन्स्टिच्युट (डेनमार्क) का प्रमुख उल्रिक हागरुपले पुस्तकले लोकतन्त्र र पत्रकारिताको गहिरो सम्बन्धलाई स्पष्ट पारेको टिप्पणी गरेका छन् भने अष्ट्रेलियास्थित मोनाश विश्वविद्यालयकी प्राध्यापक केट टोर्नीले पुस्तक पत्रकारितामा सकारात्मक परिवर्तनको आधार बन्ने धारणा राखेकी छन् ।

लेखक कोइरालाले पुस्तक तयार पार्ने क्रममा विश्वमा भइरहेका रचनात्मक पत्रकारिता अभ्यासलाई नेपाली सन्दर्भसँग जोड्ने प्रयास गरिएको बताए । डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका उनले यसअघि कला अनुरागी नामबाट लेखन गर्दै आएका थिए ।

‘रचनात्मक पत्रकारिताः हाते पुस्तक’ हेटौँडा र जावलाखेलस्थित सञ्चार रजिष्ट्रारको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार