सगरमाथा आरोहण गर्ने २१ जना तामाङ आरोहीलाई सम्मान

तामाङ सगरमाथा आरोही सङ्घद्वारा साहसी आरोहीहरूलाई बधाई र सम्मान

  प्रितम कुमार तामाङ

काठमाडौँ,
तामाङ सगरमाथा आरोही सङ्घ नेपालले सन् २०२५ को वसन्त ऋतुमा सफलतापूर्वक सगरमाथा चढ्न सफल तामाङ समुदायका करिब दुई दर्जन आरोहीहरूलाई बधाई तथा सम्मान गरेको छ।

शनिबार काठमाडौँको क्याफे इपिकमा आयोजित विशेष कार्यक्रममा सगरमाथा आरोहण गर्ने २१ जना तामाङ आरोहीलाई सम्मान गरिएको हो। कार्यक्रममा लुम्बिनी विकास कोषका पर्यटन सल्लाहकार तिलक तामाङले प्रमाणपत्र प्रदान गरे भने सङ्घकी अध्यक्ष शर्मिला स्याङ्तानले खादा ओढाएर सम्मान गरिन्।

सम्मानित हुनेमा चतुर तामाङ, पेम्बा तामाङ, वीरबहादुर तामाङ, सोनाम तामाङ, जीवन तामाङ, शुभराज तामाङ, सुमन तामाङ, सन्तमान तामाङ, राजदीप तामाङ, सिद्धिबहादुर घिसिङ, धनसिं तामाङ, लङ्काराम तामाङ, मिङ्मार दोर्जे तामाङ, शुकबहादुर तामाङ, अशोक लामा, लाक्पा तामाङ, सन्दुक दोर्जे तामाङ, रमेश तामाङ, सिद्धिबहादुर तामाङ र बुद्धसिंह तामाङ छन्।

सो अवसरमा सल्लाहकार तिलक तामाङले ज्यानको जोखिम मोलेर सगरमाथा आरोहण गर्ने आरोहीहरूको साहसको प्रशंसा गर्दै तामाङ समुदायको गौरव बढाउने यस्ता उपलब्धिहरूलाई संस्थागत रूपमा समर्थन आवश्यक भएको बताए।

यस वर्षको वसन्त सिजनमा ५७ देशका आरोही सहभागी भएका थिए। पर्यटन विभागका अनुसार सगरमाथासहित २७ वटा हिमाल चढ्न १२७ समूहका एक हजार १६८ जनाले अनुमति लिएका थिए, जसमध्ये ३९५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्।

तामाङ सगरमाथा आरोही सङ्घले तामाङ समुदायका हिमाल आरोहीहरूको सम्मान गर्दै आएको छ। साथै, समुदायको पहिचान र आरोहण संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय योगदान दिँदै आएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार