प्रचण्डलाई प्रश्न गर्न खोज्दा वाईसीएलको कुटाईबाट पत्रकार खड्का घाइते

वाईसिएलको कार्यक्रममा पत्रकारमाथि कुटपिट, नेपा प्रेसका सुरज खड्का घाइते

  जन्मभूमि संवाददाता

काठमाडौं
नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसिएल (वाईसिएल) ले काठमाडौंको कमलादीमा आयोजना गरेको कार्यक्रममा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कुटपिट भएको छ।

नेपा प्रेसका सिन्धुपाल्चोक संवाददाता सुरज खड्कालाई वाइसिएलका कार्यकर्ताले कार्यक्रमस्थलमै कुटपिट गरेका हुन्। कुटपिटबाट घाइते भएका खड्का हाल काठमाडौं मेडिकल कलेज (केएमसी) को आकस्मिक कक्षमा उपचाररत छन्। टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको चिकित्सकहरूले जनाएका छन्।

सिन्धुपाल्चोक पर्यटन संघका अध्यक्ष नारायण श्रेष्ठका अनुसार, कार्यक्रमस्थलमा रिपोर्टिङ गरिरहेकै बेला खड्कामाथि हातपात भएको हो। उनले भने, “पत्रकार समाचार संकलन गरिरहेका थिए, तर केही कार्यकर्ताले उनीमाथि धकेल्दै कुटपिट गरे। यस्तो अमानवीय व्यवहार प्रेस स्वतन्त्रतामाथिको सीधा आक्रमण हो।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए। पार्टीकै भ्रातृ संगठन वाइसिएलले आयोजना गरेको कार्यक्रममा पत्रकारमाथि भएको हिंसात्मक व्यवहारले राजनीतिक र सञ्चार क्षेत्र दुबैमा गम्भीर प्रश्न उठाएको छ।

सञ्चारकर्मीमाथिको कुटपिटले राजनीतिक दलका युवा संगठनहरूको चरित्रप्रति फेरि एकपटक आलोचना र चिन्ताको विषय बनाएको छ। घटनाबारे वाइसिएल वा माओवादी केन्द्रबाट हालसम्म आधिकारिक धारणा सार्वजनिक गरिएको छैन। यद्यपि, पीडित पत्रकारको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार