प्रो. डा. भानुभक्त आचार्यद्वारा सिन्धुपाल्चोकमा पत्रकारहरूलाई AI तालिम

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक,
आधुनिक पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगबारे जानकारी दिन नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले एकदिने कार्यशाला आयोजना गरेको छ। कार्यशालामा सञ्चार विज्ञ तथा ओटवा विश्वविद्यालय (क्यानडा) का प्राध्यापक प्रोफेसर डा. भानुभक्त आचार्यले प्रमुख प्रशिक्षकको रूपमा प्रशिक्षण दिनुभयो।

सिन्धुपाल्चोकमा सम्पन्न उक्त तालिममा देशभरका २५ जिल्लाबाट आएका विभिन्न मिडियामा आवद्ध पत्रकारहरूको सहभागिता रहेको थियो। डा. आचार्यले पत्रकारितामा AI को प्रयोगबाट आउन सक्ने सम्भावना, चुनौती तथा व्यावहारिक पक्षहरूबारे विस्तृत जानकारी गराउनु भयो। साथै, उहाँले विभिन्न AI एप्सहरूको प्रयोगबारे प्रायोगिक प्रशिक्षणसमेत दिनुभयो।

कार्यशालामा सहभागीहरूले डिजिटल युगमा पत्रकारितालाई प्रविधिमैत्री बनाउँदै सूचना प्रवाहको गुणस्तर अझ सशक्त बनाउन यस्ता तालिम उपयोगी हुने बताएका छन्।
कार्यक्रम महासंघको सभाहलमा सम्पन्न भएको हो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार