बलेफी ३ धुस्कोटमा गोले तामाङ वंश समाजको नवौं राष्ट्रिय सम्मेलन हुने

  प्रितम कुमार तामाङ

काठमाडौं
सिन्धुपाल्चोक जिल्ला बलेफी ३ स्थित बृहत् तामाङ बस्ती धुस्कोट गाउँमा गोले तामाङ वंश समाजको नवौं राष्ट्रिय सम्मेलन हुने भएको छ । सोमबार सम्पन्न समाजको पुर्ण केन्द्रिय बैठकबाट नवौं सम्मेलन तथा एघारौं वार्षिक साधारणसभा गर्ने निर्णय गरिएको केन्द्रिय अध्यक्ष मिनप्रसाद गोलेले जानकारी दिनुभयो ।

बलेफी गाउँपालिकाको सूचना !

अध्यक्ष गोलेका अनुसार सम्मेलनले गोले दाजुभाइहरु बिच भलाकुसारी, चिनजान, संस्कार संस्कृति आदानप्रदान, कुल पुजा बारे छलफल लगायत विविध सांस्कृतिक कार्यक्रम सहित गोले कल्याणकारी कोषलाई अझै सशक्त रुपमा अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने भनाई छ ।

उक्त सम्मेलन भव्य रुपमा सम्पन्न गराउन अध्यक्ष गोलेको संयोजकत्वमा केन्द्रिय महासचिव धन बहादुर गोले, कोषाध्यक्ष कृति गोले, उपमहासचिव शुभराज गोले, केन्द्रिय सदस्य प्रीतम गोले सदस्य रहने गरि मुल आयोजक समिति समेत बनाएका छन् । साथै उक्त आयोजक समितिको प्रमुख सल्लाहकारमा जयप्रसाद गोले र सल्लाहकारमा दावा गोले रहने निर्णय भएको छ ।

सम्मेलन आउँदो २०८२ साल जेठ ३ र ४ गते दुई दिन हुनेछ । उक्त सम्मेलनका लागि बलेफी सरकारले आर्थिक सहयोग गर्नेछन् भनें अन्य सहयोग गोले वंशका दाजुभाइहरुबाट जुटाउनेछन् । नेपालभरका विभिन्न गाउँ, सहर र जिल्लाहरुमा छरिएर रहेका गोले वंशका दाजुभाइहरु मात्र नभै दार्जीलिङ, सिक्किम र मिरिक लगायतका स्थानहरुबाट समेत गोले वंशको उपस्थिति रहने सल्लाहकार दावा गोलेले बताउनुभयो । साथै विशेष रुपमा कुलकुटुम्बहरुको भव्य उपस्थिति रहने सल्लाहकार गोलेको दावी छ ।

धुस्कोट गाउँको बारे संक्षिप्त जानकारी ;

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ३ मा पर्छ धुस्कोट गाउँ । यो गाउँलाई तामाङहरुले धुसुत नाम्साका साथै ताम्बा, डम्फुरे, गिताङ्गीहरुले बैलास नाम्सा भनेर पनि चिनिन्छ । तर विभिन्न समयक्रम, व्यवस्था परिवर्तनका कारण धुसुत नाम्सा धुस्कोट हुन पुग्यो । यो गाउँमा सतप्रतिशत नै तामाङ जातीको मात्र बसोबास रहेको छ । फैलिएर चटक्क बसेको, जुगल हिमालको ठिक अगाडी अवस्थित यो गाउँमा करिब ८५% गोले थरका तामाङहरुको बाहुल्यता रहेको छ । गोले संगै यो गाउँमा पाख्रीन, वाइबा, डुम्जन, लोप्चन र योञ्जनहरुको पनि बसोबास छ । धार्मिक रुपमा परिचीत यस गाउँमा २ वटा गुम्बाहरु घेदुङ छ्योइलिङ र कर्मडुप्ग्युलिङ छन् । साथै, गोले म्हेमेहरुले परापुर्वकालमा निर्माण गरेको फर्पाङ (कोम्बो) गुम्बा र यार्सा (कोम्बो) गुम्बाको हाल झिर्ण अवस्थामा अवशेष मात्र बाँकी रहेको स्थानीयहरु बताउँछन् । यस गाउँको उत्तरी भेग तिर पर्ने गोलेहरुको किपट भुमि थाङ्पालबाट दुईतीन पुस्ता पछि नै यस गाउँतर्फ केही गोले म्हेमेहरु विभिन्न स्थान हुँदै आएको कथन समेत छ । धुस्कोटको वरिपरि छिमेकी गाउँहरु याङ्लाकोट, सन्चगाउँ, डाँडागाउँ, गहते, बिन्जेल, चिम्लिङ, राम्चे, मानेश्वारा, थङ्गम, इर्खु, इन्द्रावती, थाङ्पाल लगायतको गाउँहरुमा पनि गोले थरहरु उल्लेख्य बसोबास गर्दै आएको छ । यस हिसाबले पनि धुस्कोट गाउँमा हुन गइरहेको राष्ट्रिय सम्मेलन भव्य हुनेमा विश्वस्त रहेको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार