२५ करोडको सुराक दिनेले करिब ५ करोड पुरस्कार पाउने

  प्रीतम कुमार तामाङ

काठमाडौं
सोमबार टोखा स्थित झोर भन्ने स्थानबाट नियन्त्रणमा लिईएको ट्रकमा नेपाली रुपैयाँ र विदेशी मुद्र गरि करिब २५ करोड प्रहरीले बरामद गरे । ना .७ ख १६५२ नम्बरको ट्रक सोही स्थान हुँदै रसुवा नाका तर्फ जाँदै थिए । चालक सिन्धुपाल्चोक भोटेकोसीका कुसाङ लामाले चलाएर लगिरहेको थियो । उनलाई पनि नियन्त्रणमा लिएको छ ।

अबैध रुपमा करोडौं रकम ओसारपसार गरेको सुराक पाएपछि प्रहरीले विशेष अप्रेसन नै सञ्चालन गरेको थियो । यसरी अबैध कार्यको खबर गर्नेलाई इनाम दिने कानुनी प्रावधान रहेको छ । सो खबर गर्ने व्यक्तिले करिब ५ करोड नेपाली रुपैयाँ पाउने भएका छन् । उक्त रकम मुद्दा फैसला भएपछि कर कटाएर मात्र पाउने राजस्व अनुसन्धान विभाग बताउँछन् । सुराकीको परिचय गोप्य राख्नुपर्ने कानुनी व्यवस्था छ । विदेशी बिनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार सुराक दिनेलाई २०% प्रतिशत रकम पाउने प्रावधान छन् ।

 

बरामद गरिएको रकम कसको हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी श्रोतले बताएका छन् । त्यस्तै यस विषयमा गहिरिएर अनुसन्धान गर्न सांसदमा आज सिन्धुपाल्चोकका प्रतिनिधि सभा सदस्य माननीय माधव सापकोटाले अवाज उठाएका छन् ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार