
काठमाडौं
राइटपाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ – २०२५ को ट्यालेन्ट शो राउण्ड हालै सफलतापूर्वक सम्पन्न भएको छ । जहाँ सहभागीहरूले आफ्नो अद्भुत प्रतिभा र सिर्जनशीलता प्रस्तुत गरे । कार्यक्रमको निर्णायक भूमिकामा रोमा न्यौपाने (नेपालकी पहिलो एक खुट्टा नृत्यांगना), प्रनिच्ज़ मान सिंह अधिकारी (सिइओ, ड्यनमोच्क्स नेपाल), दिव्या महर्जन (मोडल/केबिन क्रु), टेकराज पाण्डे (इभेन्ट अर्गनाइजर/मेकअप ट्रेनर), र चुन सुंगजिन (सिइओ, ओएसिस इमिग्रेशन ग्रुप – कोरिया र क्यानडा) थिए ।
कार्यक्रममा कामल खत्री (प्रख्यात गायक), सपन श्रेष्ठ (गायक), र सबिना राउत (मोडल तथा नृत्य कोरियोग्राफर) जस्ता विशेष अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनायो । यसका साथै, दिवस राज भट्टराई, शोवन गौतम, सोनित राज ढुंगेल, ऋतिका शाह, धर्मराज परेनु, रबी लामा, इसा गुरुङ, दीपक लामा, पवन कोईराला, जुनिता राई, जेनीका धिमाल, सरला राई, र निलम गुरुङ जस्ता अतिथिहरू पनि उपस्थित थिए ।
कार्यक्रमको आरम्भ अर्जु महर्जन (औपचारिक फेसन कोरियोग्राफर) र हिस्से शेर्पा (इभेन्ट कोअर्डिनेटर) द्वारा गरियो । जसको साथमा सुरज थापा (सिइओ/संस्थापक) ले कार्यक्रमको स्वागत गर्नुभयो । कार्यक्रमको सञ्चालन रोबिन लामा ले गरेका थिए ।
सहभागी तथा अतिथिहरुलाई स्वादिष्ट खाजाको व्यवस्था सचिब श्रीमती अनिता श्रेष्ठ प्रजापतीले गर्नुभएको थियो । कार्यक्रमलाई अझ स्मरणीय बनाउन साविन खडा (आईटी हेड) र अंकित मल्ल (इभेन्ट कोअर्डिनेटर) को योगदान सराहनीय रह्यो । साथै, क्युपिड फोटो स्टुडियो का बिन्द्रा प्रजापति र युनिकर्न फोटो फिल्म स्टुडियो का मिलन द्वारा तस्वीर र भिडियोग्राफी मार्फत कार्यक्रमका रमाइलो क्षणहरू कैद गरेका थिए ।
स्मारिका सुवेदी, प्रज्ञा केसी, मुना खपांगी, अञ्जिला खनाल, पूर्णिमा तामाङ, अञ्जली रोका मगर, सुनिशा गुरुङ, आन्जुम लिम्बू, लसता महर्जन, र उर्मिला तामाङ जस्ता प्रतिभाशाली सहभागीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन देखाएर कार्यक्रमलाई थप रोचक र प्रेरणादायी बनाए ।
यस कार्यक्रमको सफलतामा योगदान पुर्याउने सबैलाई आयोजक टिमको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ । आगामी चरणको प्रतीक्षामा सहभागीहरू र दर्शकहरू उत्साहित छन् । Grace Events का सिइओ/संस्थापक तथा कार्यक्रम आयोजक सुरज थापा ले ग्रान्ड फिनाले र अष्टलक्ष्मी सम्मान २०८१ नव दुर्गा पार्टी प्यालेस मा फागुन २७ मंगलबारको दिन हुने बताए ।