सत्यता नबुझी समाजिक सञ्जालमा गलत भाष्य निर्माण भयो – गायक आस्मान लोप्चन

  सागर तामाङ (जन्मभूमि संवाददाता)

काठमाडौं
केही दिन यता तामाङ समाजको गित संगीत क्षेत्रमा चासो राख्नेहरु बिच वादविवाद चर्किएको छ । विषय के हो भनें सेलो संगीतमा एउटा उचाई बनाउँदै गरेका लोकप्रिय गायक आस्मान लोप्चनको शब्द, संगीत र स्वरमा सझिएको “बल्ल पो तामाङको हुल उठ्यो” गित संग सम्बन्धित छ । धरानको एक ल्होछार कार्यक्रममा उक्त गितका एक शुभचिन्तकले युट्युबबाट सिधै डाउनलोड गरि भोइस रिमुभर एप्स प्रयोग गरि वास्तविक लय र शब्द समेत तोडमोड गरेर गाएपछि यसै गितका सर्जक लोप्चनले व्यक्तिगत सामाजिक सञ्जालबाट दुख एवं आपत्ति व्यक्त गरेका थिए ।

गायक लोप्चनका अनुसार हाल सम्म गितको ओरिजिनल ट्र्याक युट्युब लगायत कुनैपनी अनलाइन प्लेटफर्ममा उनले सार्वजनिक गरेका छैनन् । उनको आपत्ति शब्द र गितको लयको भाव बिगारेर कुनै सार्वजनिक स्टेजमा गाउँदा मौलिक गितको वास्तविक सुन्दरतामा नै आँच आउने भएकोले मात्र आफुले आपत्ति जनाएको बताउँछन् । साथै, कुनै एप्लिकेसन प्रयोग गरि ट्र्याक बनाउँदा कतिपय संगितहरु नै इडिट भै हट्न गै कुरुप सुनिएकोले पनि दुख लागेको उनको धारणा छ । उनले जन्मभूमि पोष्ट संगको छोटो संवादमा आफ्नो गित गाउन पाउने, सुन्न मिल्ने वा नाच्न मिल्ने कुरालाई स्पष्ट पारेका छन् । गायक लोप्चनले यो विषयमा सकारात्मक एवं नकारात्मक चासो र धारणा राख्ने सबैलाई धन्यवाद समेत दिएका छन् । अब यो विषयलाई विट मार्न समेत उनले सबैमा आग्रह गरेका छन् ।

त्यस्तै यस विषयमा जन्मभूमि पोष्टले धरानमा यो गित स्टेजमा प्रस्तुति दिनुभएका व्यक्ति संग समेत फोन सम्पर्कमा कुरा गरेको छ । सोही व्यक्तिले आफुलाई अत्यन्तै मन परेको गित भएकोले स्टेजमा प्रस्तुत गरेको बताए । उनलाई गित समेत कुन सर्जकको हो, भन्ने थाहा नभएको सुनाए । उनले आफुले यसको वास्तविक भावमा गाउन नसकेको र सर्जकलाई अनुमती नलिएकोमा क्षमा याचना गरेको छ । यति मात्र नभै उनले गायक लोप्चनको फेसबुक पोष्टमा कमेन्ट गर्दै माफी समेत मागेका छन् ।

अन्ततः सम्बन्धित व्यक्ति र सर्जक लोप्चन बिच आपसी छलफल भएको छ । जसक्रममा स्वयम् व्यक्तिले अनाधिकृत रूपमा ट्र्याक तयार गरी गाएको तथा मूल सर्जकको नाम उल्लेख नगरेको गल्ती महसुस गर्दै माफी मागिसकेका छन् । यसैले, यो विषय अब टुंगिएको जानकारी गायक लोप्चनले गरेको छ ।

यस विषयमा अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गलत भाष्य निर्माण गरेको हो कि भन्ने लाग्छ । जसमा अब कुनै पनि गित सर्जक भन्दा फरक व्यक्तिहरुले गाउनै नमिल्ने, नाच्नै नमिल्ने वा सुन्नै नमिल्ने भन्ने तर्क राख्नु वास्तविक गहिराइ सम्म नपुग्नु दु:खद छ । सामाजिक सञ्जाललाई सहि सदुपयोग गर्न नसक्नुले बुझेका युवा पिडि समेत अझै भ्रममा नै छन् कि भन्ने प्रश्न खडा भएको छ ? यद्यपि कसैको गित संगीत तथा साहित्य जस्ता बौद्धिक सम्पत्तिको अन्य व्यक्तिले प्रयोग गर्दा सर्जकको अनुमति लिने वा नलिने भन्ने बहस भनें उब्जाएको छ । जसलाई सकारात्मक रुपमा विश्लेषण गरे पक्कै गित संगीतको उचाई अझै माथी पुग्नेछ ।

नेपाल तामाङ कलाकार संघद्वारा जारी विज्ञप्ति ;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार