
काठमाडौं
मोडल अमृत तामाङ (जिग्री) र याङ्की दोङको जोडी “सल्लाले मान्छेउ की गितको भिडियोमा देखिएको छ । मोडल जिग्री केही समयको अन्तराल पश्चात् पुनः म्युजिक भिडियोमा कम ब्याक भएका हुन् । यस भिडियोमा सञ्जीव थोकर र निशा घिसिङले पनि अभिनय गरेका छन् ।
गायक बिरु घलान र चर्चित गायिका सुमिना लो को स्वरमा सजिएको गितमा शब्द संगित साम्तेन मोक्तानको रहेको छ । सानुबाबु घिसिङले एरेन्ज, मिक्सिङ गरेको यस गित फ्याफुल्ला स्टुडियोमा रेकर्ड गरेका हुन् ।
महेश स्याङ्तानले निर्देशन गरेको भिडियो निकै उत्कृष्ट बनेको छ । भिडियो बल कुमार मगरले छायांकन गरेका हुन् भनें भिडियोको निर्माण गणेशमान घिसिङ र दावा ह्योल्मो वाइबाले गरेका छन् । भिडियो साम्तेन मोक्तानको अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
भिडियो ;