
काठमाडौं
लोकतान्त्रिक खेलकुद महासंघ, महाधिबेशन निर्देशन समिती संयोजक मोहनबहादुर बस्नेतको नेतृत्वमा सभापति कप हुने भएको छ । जसको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । नेता बस्नेत खेलप्रेमी नेताका रुपमा समेत परिचीत व्यक्तित्व हुनुहुन्छ । उनको नेतृत्वमा हाल सम्म कै सर्वाधिक नगद राशीको पुरस्कार राखेर सभापति कप गर्न लागेका हुन् ।
नेपाली खेलाडीहरुको मनोबल उच्च पार्न हरेक खेल र खेलाडीहरुलाई देशमै बस्ने वातावरण बनाउने मुख्य उद्देश्य सहित विभिन्न खेलहरु गर्ने जानकारी सम्मेलन मार्फत सार्वजनिक गरेको छ । सभापति कप संगै नेपाली काँग्रेसका प्रजातान्त्रिक योद्धाहरुको सम्झना स्वरुप देशैभर खेलकुदका गतिविधिहरु थाल्ने पनि पुर्व मन्त्री बस्नेतले जनाए । सभापति कप
माघ १० मा उद्घाटन गर्दै १७ गतेसम्म संञ्चालन हुने प्रतियोगितामा दुई विभागिय टोली, पाँचवटा ए डिभिजनका टिम र आयोजक गरी ८ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा विजेता हुने टिमले नगद २६ लाख र उपविजेता हुने टिमले १३ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै म्यान अफ दि म्याचका विजेताले १५ हजार, टुनामेन्टको बेस्ट प्लेयरले ७ लाख ५० हजार, बेस्ट किपर ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र बेस्ट युथ प्लेयर २५ हजार नगद पाउनेछन् ।
आयोजकका अनुसार कुल अनुमानित लागत १ करोड ४० लाखको हाराहारीमा खर्च हुने जनाए । खर्चको श्रोत नेपाल सरकारको संघीय, प्रदेश सरकार र व्यापारिक संस्थाहरुको माध्यमबाट संकलन गरिनेछन् । एक टिमले २३ जना खेलाडी मा ४ जना विदेशी खेलाडी खेलाउन सक्नेछन् । खेलको लाइभ ब्रोडकास्ट कान्तिपुर टेलिभिजनबाट हुनेछन् ।
हेर्नुभयो??