
काठमाडौं
अन्जु ब्लोनको प्रस्तुतीमा प्रेम गित ‘सुस्तरी’ भिडियो सहित सार्वजनिक भएको छ । ब्लोन नुवाकोट घर भइ हाल पर्देशी भुमिलाई कर्म थलो बनाउदै आइरहेकी छिन् । गत शुक्रबार सार्वजनिक भएको भिडियो रोशन तामाङ अफिसियल युट्युब च्यानल बाट हेर्न सकिनेछ ।
अहिले सम्म तामाङ सेलो “गाह्रो छ हो मलाई, नाम्साला पाराङसे, चुइगम फोबारी, देख्दैमा जुन जस्ती मैच्याङनी जस्ता धेरै गितहरु बजारमा ल्याइसकेका गायक समर तामाङ र चर्चित गायिका अनु चौधरीको स्वरमा सजिएको यस गितको शब्द इन्द्र लामाको रहेको छ । त्यस्तै संगित संयोजन कर्साङ लामाले गरेका हुन् ।
गितको भिडियो तर्फ कथा लेखन रोशन तामाङले गरेका हुन भने निर्देशन मन्दिप राना, क्यामेरा राहुल राई र सम्पादन दिनेश कोइरालाले गरिएको छ । अभिनय तर्फ रोशन तामाङ, रजनि दोङ र अमृत लामालाई देख्न सकिन्छ । गितको छायांकन मार्खु कुलेखानी लगायत काठमाडौको बिभिन्न रमनिय स्थलहरुमा सम्पन्न भएको थियो ।
भिडियो ;