काठमाडौं
तामाङ पत्रकार संघको ७ औं महाधिवेशन सम्पन्न भएको छ । होटल एअरपोर्टमा भएको महाधिवेशनले अध्यक्ष पदमा नेत्र तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । यस अघि उहाँ कार्यसमितिको उपाध्यक्ष थिए । संघको महाधिवेशनमा २३ जिल्ला शाखा र ३ प्रदेश शाखाको गरि ५५ जना प्रतिनिधि उपस्थित रहेको थियो ।
पत्रकारिता संगै पुस्तक लेखनमा परिचित तामाङ मिलनसार, बौद्धिक एवं जुझारु पत्रकारको रुपमा परिचित छन् । २०६६ बाट पत्रकारिता सुरु गरेका उनले यसअघि नागरिक दैनिक, नयाँ पत्रिका दैनिकमा काम गरिसकेका छन् । उनी अमेरिकाको न्यूयोर्कबाट प्रकाशित हुने एभरेस्ट टाइम्स पाक्षिक पत्रिकाका नेपाल संयोजक समेत हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका तामाङ बालबालिकाका क्षेत्रमा पनि दख्खल राख्छन् । अहिलेसम्म बाल कथाका पाँचवटा किताब प्रकाशित गरिसकेका तामाङ राजनीतिक, सामाजिक विषयमा रुचि राख्छन् । तामाङ २०७४ मंसिरदेखि पहिलोपोस्टमा आबद्ध उनी हाल बिजमाण्डुमा कार्यरत हुनुहुन्छ ।
तामाङको नेतृत्वमा सर्वसम्मत निर्वाचित केन्द्रिय समितिमा वरिष्ठ उपाध्यक्ष तिर्थमान बल, उपाध्यक्ष डोल्माछिरिङ तामाङ, साहिला तामाङ, शिशिर दोङ, महासचिव सरस्वती तामाङ, सचिव आदर्श थोकर, जिबी लामा, मिक्साङ वाइबा, कोषाध्यक्ष हिरामान बल, केन्द्रिय सदस्य खुल्ला तर्फ अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, संगम लामा, श्यामलाल लामा त्यस्तै बागमती प्रदेशबाट केन्द्रिय सदस्यमा, आर्जुन तामाङ, मान काजी तामाङ, सन्तोष योन्जन तामाङ, शान्ती थिङ, राज कुमार स्याङ्बो, राधिका लो तामाङ, श्याम बहादुर तामाङ, कोशी प्रदेशबाट केन्द्रिय सदस्यमा अनुप योन्जन, सन्तोषीकला तामाङ, मधेश प्रदेशबाट केन्द्रिय सदस्यमा निर्वाचित साङ बहादुर लो (राजु ) छन् ।
महाधिवेशनको उद्घाटन सत्र उर्जा तथा जलस्रोत राज्यमन्त्री कान्छाराम तामाङको उपस्थिति रहेको थियो भनें निवर्तमान अध्यक्ष सुवास योञ्जनको सभापतित्वमा सम्पन्न भएको हो ।
खान्देके सेलो “बैलासी थेबा- २” यहाँ हेर्नुहोस् ;