काठमाडौं
नेपाल तामाङ पत्रकार संघको केन्द्रिय महाधिवेशनको अवसरमा रेडियोकर्मी अश्मी स्याङ्तानलाई “तामाङ मातृभाषा पत्रकारिता पुरस्कार” वितरण गरेको छ । शनिबार होटल एअरपोर्टमा भएको कार्यक्रममा उर्जा राज्यमन्त्री कान्छाराम तामाङको प्रमुख आतिथ्यतामा स्याङ्तान प्रमाणपत्र, डम्फु र नगद रु. १० हजार सहित पुरस्कृत हुनु भएको छ ।
सामुदायिक रेडियो सिन्धु एफ.एम. मा कार्यक्रम संयोजकको रुपमा रहेकी उनी दशक देखि पत्रकारितामा आवद्ध छिन् । मातृभाषामा समचार वाचन, लेखन र उत्पादनमा समेत सक्रिय स्याङ्तान तामाङ पत्रकार संघ सिन्धुपाल्चोकका उपाध्यक्ष हुनुहुन्छ ।
पुरस्कृत भएपछि स्याङ्तानले मातृभाषाको जगेर्ना, प्रचारप्रसार गर्दै नयाँ पुस्तालाई समेत आफ्नो भाषा प्रति आकर्षण बढाउन हौसला मिलेको बताउनुभयो । आफुले गरेको योगदानलाई समाजले सकारात्मक रुपमा हेरेको उनले महशुस गरेको बताएकि छिन् ।
खान्दोके सेलो बैलासी थेबा – २ यहाँ क्लिक गर्नुहोस् ;