भोटेकोसीद्वारा राष्ट्रिय महिला फुटबल टिम र जिल्लाका पत्रकारहरुलाई सम्मान

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
भोटेकोसी गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डको अवसर पारेर राष्ट्रिय महिला फुटबल टिम र पत्रकार महासंघ सिन्धुपाल्चोकका नव निर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । यसै अवसर पारेर पालिकाले फुटबल टिमलाई एकमुष्ट १३ लाख नगद समेत हस्तान्तरण गरे । त्यस्तै नव निर्वाचित महासंघका पदाधिकारीहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरेको छ ।

रनिङ सिल्डको अवसर पारेर फुटबल टिमलाई भोटेकोसीमा प्रत्यक्ष उपस्थित गराउन पाएकोमा गर्व महशुस गरेको अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताउनुभयो । शेर्पाले रंगशालामा भारत जस्तो बलियो देश संग नेपालको प्रतियोगिता हेर्न जाँदा जित निकालेको बेला महिला फुटबल टिमले आफ्नो मन जितेको बताए ।

शेर्पाले भन्नू भयो, भोटेकोसीको खेल क्षेत्र बिकासको लागि गर्नु पर्ने हरेक कदम चाल्न तयार छौं ।” उनले करिब १६ करोड लगानीमा उत्कृष्ट पालिका स्तरीय कभर्डहल निर्माणका लागि टेन्डर आह्वान समेत भैसकेको जानकारी दिनुभयो ।

उपाध्यक्ष दिछेन शेर्पाले फुटबल टिम र महासंघका पदाधिकारीहरुलाई शुभकामना र वदाई दिनुभयो । शेर्पाले रनिङ सिल्डको अवसर पारेर सम्मान गर्नुको कारण उपस्थित विद्यार्थी भाईबहिनीहरु उत्प्रेरित हुने, भिडियोमा मात्र देखिने राष्ट्रिय खेलाडीहरुलाई प्रत्यक्ष देख्न, भेट्न पाउँदा उनिहरुमा हौसला बढ्ने बताउनुभयो ।

नगद सहयोगको चेक अखिल नेपाल महिला फुटबल संघका अध्यक्ष पेमा डोल्मा लामालाई गाउँपालिकाले हस्तान्तरण गरेको छ । संघका अध्यक्ष लामाले एउटा स्थानीय सरकाले समेत यति ठूलो माया, सद्भाव, सहयोग गर्दा अत्यन्तै खुशी भएको बताइन् । यसले अझै फुटबलमा मेहेनत गर्न जोश बढ्नेछ, उनको भनाइ थियो ।

छात्राहरुलाई युक्ति फाउन्डेसनको प्याड उपहार ;

कार्यक्रम कै क्रममा युक्ति फाउन्डेसनको तर्फबाट उपहार स्वरुप राष्ट्रपति रनिङ सिल्डमा उपस्थित छात्राहरुलाई सेनिटरी प्याड वितरण गरेको छ । राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरुले प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको थियो । संघका अध्यक्ष लामाले महिलाहरुको खेल जिवनमा एउटा प्याडले महत्वपूर्ण भुमिका खेल्ने बताइन् । सेनिटरी प्याड फाउन्डेसनका अध्यक्ष युक्ति लामा श्रेष्ठको सहयोगमा उपलब्ध गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला उपसभापति दोर्जे लामा, नेकपा एमाले बागमती प्रदेश सदस्य आङछिरी शेर्पा, वडा अध्यक्ष हरु कुमार श्रेष्ठ, टासी शेर्पा, निमासोना शेर्पा लगायत उपस्थित थिए ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार